राजनीति

यसरी भए सुन तस्कर रातारात करोडपती, प्रहरीले सार्बजनिक गर्यो वास्तबिकता

सुर्यखबर संबाददाता,
काठमाण्डौं । डीआईजीपी नवराज सिलवालले अन्तर्राष्ट्रिय बिमानस्थलमा फेला पारेको ३३ किलो सुन तस्करीमा संलग्न ब्यक्तीहरुको बैंक ब्यालेन्स र आर्थिक कारोबार करोडौं भएको खुलेको छ ।

करोडौंको खाता ट्रान्जेक्सन हुनेमा ३० जनाको संलग्नता भएको प्रहरीले बताएका बेला १२ जना हिराशतमा छन् । संलग्न मध्ये एकजना तस्कर गुप्तलाल भुषाल छन् । करोडौंको आर्थिक चलखेल गर्नेगरेका भुषाल तस्करीमा जानुअघि नेपालमा जग्गा ब्यापार गर्थे । अझ अनौठो त के छ भने भुषाल जग्गाको काम गर्नुभन्दा अगाडि टेम्पो चालक भएको प्रहरीले बताएको छ ।

भुषालको दुबईमा धरै ब्यापारहरु, नेपालका बैंकमा झण्डै आधा दर्जन जति बैंक खाताहरु खाताहरु र ११ करोड भन्दा बढी रुपैंयाँको कारोबार भएको प्रहरीले, रिपोर्ट सार्बजनिक गरेको छ । यसरी डेढ दशकमा नै सुन तस्करीमा संलग्न हुनभन्दा अगाडी भुषाल । प्रहरीका अनुसार भुसालको काठमाडौंको ७ वटा बैंकमा खाता छन् । र उनले एउटै बैंकमा २०१६ मा मात्रै करिब ११ करोडसम्म जम्मा गरिएको छ भने त्यसपछि मात्रै २०१७ मा ७ करोड २६ लाख रुपैयाँ जम्मा गरेको देखिएको छ ।

भुसालको अहिले दुबईमा ९ वटा कम्पनीहरु सञ्चालित छ, याक एण्ड यति नेप्लीज कुजिन रेष्टरेन्ट, याक एण्ड ज्वयलर्स ट्रेडिङ र एस्टोरीया होटल लगायत सञ्चालन गरेका छन् । उनै भुसालको २०१६ मा मेगा बैंकमा जम्मा गरेको करिब ६ करोड रुपैंयाको स्रोत शंकास्पद रहेको प्रहरीले आफ्ना रिपोर्टमा तयार पारेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले केही महिनाअघि विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन बरामद गरेका थिए । त्यसपछि सुन तस्करविरुद्ध संगठित अपराधमा मुद्दा चलाएको सीआइबीले तस्करीमा संलग्नहरुको सम्पति विवरण संकलन गरेका थिए जसमा भुसालको सम्पति अकूत देखिएको प्रहरीले जनाएको छ ।

सुन तस्करीमा संग्लग्न रहेका १२ जनालाई हिरासतमा राखेका छन । ती हिरासतमा रहेका १२ जनामध्ये राजकुमार ढकाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एक्सरे मेसिन टेक्निसिएनको रुपमा कार्यरत थिए । प्रहरी रिपोर्टका अनसार लामो समयदेखि करारमा कार्यरत ढकालको सुन तस्करसँग सम्पर्क भएलगतै उनको खातामा पैसा रुखबाट पात झरे झैं ओइरिन थाल्यो ।

प्रहरीको रिपोर्ट अनुसार ढकालको माछापुच्छ्रे बैंकमा रहेको खातामा सन् २०१४ मा मात्रै २८ लाख ५८ हजार रुपैयाँ जम्मा भएको थियो । त्यसको एक वर्षपछि अर्थात सन् २०१५ मा ३ लाख ३० हजार जम्मा भयो । सन् २०१६ मा १४ लाख १८ हजार रकम जम्मा ढकालको खातामा भएको तथ्यांक प्रहरीले फेला पारेको छ ।
प्रहरीले फेला पारेको तथ्यांकमा ढकालको खातामा सन् २०१४ देखि हालसम्ममा ७७ लाख ५२ हजार जम्मा भएको देखिन्छ । उनको खातामा सन् २०१६ को सेप्टेम्बर २८ को दिनमा मात्रै ११ लाख २८ हजार जम्मा भएको छ ।

लामो समयदेखि रेडियो टेक्निसिएनका रुपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै काम गर्दै आएका श्यामकृष्ण श्रेष्ठको पनि आम्दानी निकै अस्वाभाविक प्रहरीको अनुसनधानले पता लगाएको छ । श्रेष्ठको तीनवटा बैंकमा खाता छ । स्रोतका अनुसार श्रेष्ठको नबिल बैंकमा रहेको खातामा ०७३ सालमा मात्रै दुई करोड २६ लाख रुपैंया जम्मा भएको छ ।

सन् २०१४ मा मात्रै श्रेष्ठको खातामा ४९ लाख ६६ हजार जम्मा भएको तथ्यांक भेटिएको छ । प्रहरी स्रोतका अनुसार नायब सुब्बाका रुपमा नेपाल सरकारको तलब खाने श्रेष्ठले करोडौंको सम्पति जोडेका छन भने उनले भक्तपुरमा तीन तल्ले आलिसान घर पनि बनाएका छन् ।

त्यसैगरि विमानस्थलमै तथ्यांक अधिकृतका रुपमा काम गरिरहेका श्रीनाराण यादवलाई पनि सुन तस्करहरुले मालामाल बनाइदिएका प्रहरीको भनाइ रहेका छन् । यादव महंगो गाडी चढेर हिँडने गरेका छन् र उनका श्रीमतीका नाममा काठमाडौंको सिनामंगलमा पाँचआना जग्गा खरिद गरेका छन् भने एसियन पोली पाइप इन्डष्ट्रीमा ५७ लाख बराबरको सेयर रहेको प्रहरी अनुसन्धानमा देखाइएका छन् ।

यसैगरि दुबईबाट तस्करी गरि नेपाल ल्याइएका सुन खरिद गर्न वैभव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेसका सञ्चालक प्रमोद श्रेष्ठको १० वटा बैंकबाट कारोबार भएको प्रहरी अनुसन्धानमा बताएको छ । उनको एक वर्षमा माछापुछ्रे बैंकबाट मात्र ६२ लाख जम्मा भएको छन भने सिद्धार्थ बैंकमा करिब २ करोड जम्मा भएको देखाइएको छ ।

प्रहरीका अनुसन्धानका अनुसार सुन तस्करीकै आरोप लागेका आरके ज्वेलर्सका राजेन्द्रकुमार शाक्यको ८ वटा विभिन्न बैंकको खातामा १० करोड रुपैया जम्मा भएको देखिन्छ ।

अनुसन्धानमा रोजगारीको लागि दुबइ पुगेका हरिशरण खडका माफियासँगको कनेक्शनमा पुगी रातोरात करोडौंका मालिक भएका प्रहरीले जनाएका छन् । हाल दुबईमा बस्दैं आएका खडकाको खातामा ४२ लाख रुपैंया जम्मा भएको देखाइएको छ भने उनको भुसालसंगको संयुक्त लगानीमा याक एण्ड यति नेप्लिज कुजिन रेष्टुरेन्ट पनि छन् ।

प्रहरीको लामो अनुसन्धानपछि सुन तस्करीको आरोपमा समातिएका सरकारी कर्मचारीसहित सबैलाई सीआइबीले संगठित अपराध अन्तर्गत मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई फाइल बुझाइसकेको जानकारी सीआइबी प्रमुख डीआइजी नवराज शिलवालले दिएको छ । उनका अनुसार पक्राउ परेकाहरुको थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभागलाई विवरण दिने भएको छ ।