मनोरञ्जन

अमिताभ बच्चनको एउटा निर्णयले भारतमा हंगामा मच्चियो !

एजेन्सी । बलिउडका महानायक भनेर चिनिने अमिताभ बच्चनको एउटा पारिवारिक निर्णयले यसबेला भारतमा हंगामा मच्चिएको छ । रिल लाइफमा उच्च प्रशंसा कमाउनुभएका अमिताभ बच्चनको उक्त निर्णयले रियल लाइफमा समेत ठूलो प्रंशसा पाएको छ ।

केही दिनअघि उहाँले आफ्नो देहान्तपछि भएको नीजि सम्पति छोरा र छोरी दुवैलाई बराबर बाडिदिने निर्णय गर्नुभएको थियो । व्यक्तिगत जीवनमा समेत महिला र पुरुष दुवैलाई समान व्यवहार गर्दै आउनुभएका महानायक बच्चनको यो निर्णयपछि उनका फ्यानहरुले उनको उच्च प्रशंसा गरिरहेका छन् ।

छोरा अभिषेक बच्चन र छोरी श्वेता नन्दालाई बराबर सम्पति बाँडिदिने उनको निर्णय यसबेला सामाजिक सञ्जालमा समेत भाइरल भैरहेको छ ।