खेलकुद

बक्लौरीमा हुने क्षेत्रीय फुटबल प्रतियोगिताको मिति सर्यो

सुनसरी । बक्लौरी गाविसमा हुने भनिएको क्षेत्रीय स्तरीय फुटबल प्रतियोगिताको समय परिवर्तन भएको छ । शनिबारदेखि हुने घोषणा गरिएको सो प्रतियोगिता आगामी चैत १९ गतेखि हुने भएको हो ।  शनिबार बक्लौरी खेलकुद समितिले एक सुचना जारी गरी सो कुराको जानकारी दिएको छ ।

समितिद्धारा जारी गरिएको सुचनामा भनिएको छ, ‘यही फागुन २१ गतेदेखि हुने क्षेत्रीय स्तरीय फुटबल प्रतियोगिता २०७३ चैत १९ गतेदेखि सञ्चालन हुने कुरा सहर्ष जानकारी गराउँदछौ । साथै सम्पूर्ण खेलाडी खेलप्रेमीहरु सामू क्षमा याचना समेत गर्दछौ । प्रतियोगिता इलाका स्वास्थ्य चौकी बक्लौरीमा हुने तयारी गरिदैछ ।’