आर्थिक

मुक्तिनाथ विकास बैंकको शाखा सितापाईलामा

काठमाण्डौ । मुक्तिनाथ बैंकले काठमाण्डौ जिल्ला, नागार्जुन नगरपालिका वडा नं. ४, सितापाइला शाखाको समुद्घाटन सम्पन्न गरेको छ । उक्तशाखाको समुद्घाटन नेपाल राष्ट्र बैंककाप्रथमगभर्नर श्री हिमालयशमशेर ज.ब.रा.ले गर्नुभयो । उद्घाटन मन्तव्यकाक्रममाउहाँले यस विकास बैंकले एकैसाथ सञ्चालन गरेको आधुनिक बैंकिङ्ग,सीमित बैंकिङ्ग र लघुवित्त सेवाउत्कृष्ठ रहेको बताउनु भयो ।

साथै यस विकास बैँकले वित्तीय सेवाको अलावा सामाजिक सेवाभावपनि रहेको देखिएको छ । आफ्नाग्राहकहरुलाई चिनेर दिएको सेवाले बैँकको दिगोपनामाअवस्य सहयोग गर्नेबताउनु भएको थियो ।

बैकका सञ्चालक समितिका सदस्यश्री नारायण कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्नकार्यक्रममासितापाइलाशाखाकाशाखाप्रवन्धक भरत खनालले स्वागतमन्तब्यराख्नुभयो भने बैंककाप्रमुखकार्यकारी अधिकृतश्री भरतराज ढकालले बैंकको विगत, वर्तमानअवस्था र बैँकको भावी रणनीतिका बारेमाचर्चा गर्नु भएको थियो ।
बैँकले नेपाली समाजकाविद्यमान समस्याहरु समाधानगर्न र कृषि क्षेत्रको विकास र विस्तार गर्न उपयुक्तवित्तीय सेवाहरु प्राथमिकताका साथकार्यान्वयनमाल्याएको बताउनु भएको थियो ।उक्तकार्यक्रममा नेपाल सरकारकापूर्व अर्थ सचिवश्री माधव घिमिरे र बरिष्ठ साहित्यकार श्रीप्रसाद घिमिरेले शुुभकामनामन्तव्य राख्नुभएको थियो ।
उक्तशाखा समुद्घाटन कार्यक्रममाउक्त क्षेत्रकाकर्मचारी, व्यापारी, समाजसेवी, र स्थानीयनागरिकहरुकोउल्लेख्य उपस्थिति रहेको थियो ।

बैंकले “जनता बैंकमाहोइन, बैंक जनतामाजानु पर्दछ”भन्ने मान्यतालाई आत्मसातगर्दै नेपालको परिवेश सुहाउँदो कुल ५६ वटा शाखाकार्यालयहरुबाट १ लाखभन्दा बढी लघुवित्त सदस्यहरु सहितकुल ३ लाखभन्दा बढी सेवाग्राहीलाई वित्तीय सेवाप्रदान गरी रहेको छ । यस विकास बैँकले हालकुल रु. १५ अर्ब २० करोड निक्षेप संकलन गरी रु. १३ अर्ब ७५ करोड कर्जा लगानी गरेको बैंकको दाबी छ ।