राजनीति

पुर्बराजा ज्ञानेन्द्रका नातीको ब्रतबन्ध धुमधाम साथ सम्पन्न, पारस र हिमानी अनुपस्थित

काठमाण्डौ । पुर्ब राजा ज्ञानेन्द्रका नाती हृदयेन्द्र शाहको ब्रतबन्ध गरिएको छ । माहाराजगञ्ज स्थीति पुर्बराजा निवासमा गरिएको ब्रतबन्धमा मुलुकका बिशिष्ट ब्यक्तीहरुको उपस्थिति थियो । हृदयेन्द्रको ब्रतबन्धमा पीता पुर्ब युवराज पारस र माता पुर्ब युवराज्ञी हिमानीको भने उपस्थिति थिएन ।

धुमधामसंग गरिएको ब्रतबन्धको पार्टी भने २४ चैत्रमा सोल्टी होटलमा गरिने एको छ । पुर्बराजपरिवार स्रोतका अनुसार होटल सोल्टीमा हुने पार्टीमा राष्ट्रपति बिद्यादेबी भण्डारी देखि बिशिष्ट सरकारी अधिकारीहरु निम्त्याईएको छ ।

उक्त पार्टीमा पारस र हिमानी समेत उपस्थित हुने पुर्ब राजपरिवार स्रोतले सुर्यखबरलाई बतायो ।

पञ्चेबाजा सहित धुमधामसंग गरिएको हृदयेन्द्र शाहको ब्रतबन्धले राजछतन्त्रको झझल्को समेत देखिएको थियो ।