पु.समाचार

 राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी

काठमाण्डौ । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहनु भएका भारतीय सेनाका स्थल सेनाध्यक्ष जनरल बिपिन रावत लाई राष्ट्रपति भवन, शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरिएको छ ।

उक्त समारोहमा सम्माननीय राष्ट्रपतिज्यूले भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको महारथीको दज्र्यानी चिह्न, खड्ग तथा प्रमाणपत्र प्रदान भएको थियो । नेपाल–भारतबीचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक सम्बन्धको साथै मित्रवत् सैनिक सम्बन्धको निरन्तरता स्वरुप विगत दशकौंदेखि नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय सेनाका प्रमुखलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहि आएको छ ।

उक्त समारोहमा माननीय रक्षामन्त्री बालकृष्ण खाण, मुख्य सचिव डा.सोम लाल सुवेदी, प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री, रक्षा सचिव श्री श्रीधर सापकोटा, नेपालका लागि भारतीय राजदुत, पूर्वप्रधान सेनापतिहरु लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।