राजनीति

माओबादीबाट अलग भएर पछुताएका डा.भट्टराई किन उपेन्द्रसंग मिल्न खोज्दै छन् त ?

काठमाण्डौ । डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँशक्ती नेपाल र उपेन्द्र यादबले नेतृत्व गरेको संघीय समाजबादी एकीकरणको अन्तिम तयारी भएको समाचार छ । दुबै दलले सरकारले घोषणा गरेको निर्बाचनको बिरोध गरेका कारण दुबैको मिलन हुन लागेको संघीय समाजबादीका नेता राजेन्द्र श्रेष्ठ बताउछन् ।

तत्कालीन एमाओबादीको बरिष्ठ उपाध्यक्षबाट छाडेर नयाँशक्ती पार्टी गठनमा लागेका भट्टराईले केहिदिन अगाडीमात्र सो पार्टीका ४ जना केनद्रीय नेतालाई कारबाही गरेका थिए । पार्टी संगठन सोचेजस्तो राम्रो गर्न नसकेपछि डा. भट्टराईले उपेन्द्र यादब र अशोक राईले नेतृत्व गरेको पार्टीसंग एकीकरण गर्नै तम्तयार भएका हुन् ।

संघीय समाजबादी फोरमले मधेसी मोर्चासंग मिलेर भारतको आडमा नाकाबन्दी गरेर काठमाण्डौ र तराईमा रडाको मच्चाएपनि खासै तराईका जनताको मन जित्न सकेको छैन । निर्बाचन बिथेल्न उपेनद्र यादब र डा. भट्टराईको मोर्चाले महत्वपूर्ण भुमिका खेल्ने अनुमान राजनीतिकबृतमा लाग्ने गरेको छ ।

पार्टी एकीकरण हुनु केहि दिन अगाडीमात्र निर्बाचन आयोगले गरेको थ्रेसहोल्डको ब्यबस्थालाई जमाना जफत नगाराई समानुपातीक ३ प्रतिशत र प्रत्यक्षतर्फ १ सीट सुरक्षीत गर्ने रणनीति हुने अनुमान पनि लगाईन्छ ।

डा. बाबुराम भट्टराई बर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालबाट पार्टी फुटाएपछि पछुताएको हुनसक्ने अनुमान पनि कतै कतै लगाउने गरिएको छ । डा. बाबुरामले पुष्पकिमल दाहालसंग एकीकरण गर्न लाज लागपछि संघीय समाजबादीसंग एकीकरण गर्न लागेको माओबादी केन्द्रका नेताहरुको तर्क छ ।

नयाँशक्तीको गठनमा लागेका डा. भट्टराइको पार्टीमा पछिल्लो समयमा धेरै नेताहरुले पार्टी छाडिसकेका छन् ।