राजनीति

यसरी आर आर क्याम्पसको स्वबियु नेबिसंघले कब्जा जमाउदै

काठमाण्डौ । प्रदर्शनीमार्गस्थीत आरआर क्याम्पसमा बिद्यार्थी संगठनहरुबीचमा भएको बिबादका कारण सम्पन्न हुन नसकेको स्वतन्त्र बिद्यार्थी यूनियनको निर्बाचन मंगलबार शुरु भएके छ । बिहान आठ बजेबाट शुरु भएको निर्बाचन बेलुकी ५ बजेसम्म निरन्तर चल्ने जनाईएको छ ।

बिद्यार्थीहरुबीच अझै बिबाद रहेपनि सर्बोच्च अदालतले तुरुन्त निर्बाचनको मिति तोकेर स्वबीयू निर्बाचन गर्नु भनेर आदेश दिएपछि स्थानीय निकायको निर्बाचनको आचारसंहिता लागेपनि स्वबीयू निर्बाचन गर्न आरआर क्याम्पस प्रशाशन लागेको हो ।

स्वबियू सभापति बन्नका लागी नेपाली काँग्रेसको भातृसंस्था नेबिसंघबाट उत्तम साउद, एमले भातृसंस्था अनेराश्वबीयूबाट टपेन्द्रबहादुर शाही, अखिल क्रान्तिकारीबाट धु्रब वाग्ले लगायतको टिम चुनाबी मैदानमा छन् । अखिलको पकड भएकाले उक्त बिद्यार्थी संगठनका नेताहरु आफ्ना उमेर्द्वारलाई जिताउन सामाजीक संजाल लगायतकामा भोट माग्न ब्यस्त छन् ।

मुख्य तीन पार्टी बाहेक पनि चुनाबी मैदानमा नभएका होईनन् तर अलि निश्किृय देखिन्छन् । चैत्र २ गतेको सर्बोच्चको फेसलापछि सम्पन्न हुन लागेको निर्बाचन यसभन्दा अगाडी २३ गतेलाई सारिएको थियो  ।

२३ गतेपनि हुन नसकेपछि अनिश्चित कालका लागी सारिएको निर्बाचन आज मंगलबार बेलुका समापन हुदैछ, आजको निर्बाचनमा प्रचण्ड, बैद्य, बिप्लव, बाबुराम लगायतकबा कम्न्युष्ट बिद्यार्थीहरुको समेत स्वबीयू निर्बाचनको उमेर्द्वार भएक हुंनाले भोट बाँडीने सम्भाबनाका कारण नेबिसंघले जित हांसिल गर्ने सम्भाबना रहेको आरआरमा अध्ययन गर्ने एक पुराना बिद्यार्थीले सुर्यखबरलाई बताए ।

मधेसी बिद्यार्थीहरुको भने आरआरमा पकड छैन ।