राजनीति

काँग्रेसको कार्यसम्पादन समिति गठन हुनु देउवा सफलतातिर उन्मुख भएको संकेत

काठमाण्डौ । पूर्ब सभापति शुशील कोईरालाले गठन गर्न नसकेको नेपाली काँग्रेसको महत्वपूर्ण निर्णय गर्ने कार्यसम्पादन समिति शेरबहादुर देउवाले गर्न सफल भएका छन् ।

कार्यसम्पादन समितिमा डा. शेखर कोईराला, गगन कुमार थापा लगायतका महत्पवूर्ण केन्द्रीय सदस्यहरु छुटेको भनेर कार्यकर्ता लेवल सम्म असन्तुष्टीहरुका स्वरहरु आएपनि कार्यसम्पादन समिति गठन गर्नु सभापति शेरबहादु देउवाको कार्यकाल सफतातिर उन्मुख हुंदै गएको देखिन्छ ।

नेपाली काँग्रेसको बिधानमा पदाधिकारीले कुनै निर्णय गर्ने उल्लेख नभएपनि बिगत देखि नै पार्टीका महत्वपूर्ण निर्णयहरु गर्दा पार्टी सभापतिले पदाधिकारी बैठक बोलाएर निर्णय गर्ने चलन नै बसेको थिायो ।

कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समिति बैठक बस्न नसकेको अवस्थामा पार्टीका आपतकालीन निर्णहरु बिधानतः गर्न सक्छ । काँग्रेसको आईतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले कुलबहादुर गुरुगं, खुमबहादुर खड्का, सूजाता कोईराला लगायतका नेताहरुलाई बरियतामा अगाडी नराखेको बिरोध भएपनि सभापति देउवाले नेबिसंघको, तरुण दल, महिलासंघको अधिवेसन सम्पन्न गर्नु लगायतका पार्टीलाई आन्तरीक रुपमा नै लोकतान्त्रीक बनाउने कार्यमा सफतचातिर उन्मुख हुनु उनको कार्यकाल सफता उन्मुख भएको मान्न सकिन्छ ।

राजदुतमा गैरपार्टीका मानिसहरुलाई सिफारिस गर्नु, आईजीपी बिबादमा तानिनु उनका केहि गलत कार्यभएपनि पार्टीलाई लोकतान्त्रीक बनाउने कार्य देउवाका सकारात्मक पाटा हुन् ।

सभापति देउवा मुलुकको सबैभन्दा ठूला पार्टीका सभापति भएका कारण स्थानीय निकायको निर्बाचन सौहार्द रुपमा सम्पन्न भएको यसको जस पनि उनैलाई बढी जान्छ, यानीकि प्रधानमन्त्रीमा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भएपनि । पदाधिकारी, सदस्य र बिभागहरु पनि यही क्रममा अगाडी बढेमा टुंगो लाग्ने अनुमान लगाईएको छ ।
कांग्रेस कार्यसम्पादन समितिका सदस्यहरु

१. सभापति शेरबहादुर देउवा,
२.वरिष्ठ नेता रामचन्द्र पौडेल,
३.महामन्त्री डा शशाङ्क कोइराला,
४.कोषाध्यक्ष सीतादेवी यादव,
५. प्रकाशमान सिंह,
६.कृष्णप्रसाद सिटौला,
७.गोपालमान श्रेष्ठ,
८.विमलेन्द्र निधि,
९. कुलबहादुर गुरुङ,
१०. खुमबहादुर खड्का,
११.चित्रलेखा यादव
१२.पूर्णबहादुर खड्का,
१३.डा रामशरण महत,
१४.अर्जुननरसिंह केसी,
१५.बलबहादुर केसी,
१६.महेश आचार्य,
१७.नरहरि आचार्य,
१८.प्रदीप गिरी,
१९.बालकृष्ण खाँण,
२०.ज्ञानेन्द्रबहादुर कार्की,
२१.रमेश रिजाल,
२२.डा नारायण खड्का,
२३.डा मीनेन्द्र रिजाल,
२४.डा प्रकाशशरण महत,
२५.फरमुल्ला मन्सुर,
२६.मानबहादुर विश्वकर्मा,
२७. सुजाता कोइराला,
२८.दिलेन्द्रप्रसाद बडू,
२९. एनपी साउद