आर्थिक

एनसेलका ग्राहकका लागि आयो खुसीको खबर

काठमाडौं – एनसेलका ग्राहकले अब लोकल कलको दायरामा नै भारत, चीन, अमेरिका, हङकङ, जर्मनी, सिंगापुर, स्विडेन, न्यजिल्यान्ड लगायत विश्वका विभिन्न ३० मुलुकमा कुरा गर्न सक्नेछन् ।

सोमबारको नागरिकमा लेखिएको छ, सोमबारदेखि लागू हुने गरी एनसेलले योजना ल्याएको हो ।

– यसअन्तर्गत ग्रहकले करबाहेक मात्र एक रुपैयाँ ९९ पैसा प्रति मिनेटमा कुरा गर्न सक्नेछन् ।

– यो योजना १५ दिनसम्म लागू हुने छ ।

– यो अफरको लाभ लिनको लागि एनसेलका ग्राहकले *१७१०७#  डायल गरी निशुल्क सहभागी हुन सक्ने बताइएको छ ।