राजनीति

काँग्रेस बैठकमा  खुमबहादुरले  धर्मनिरपेक्ष खारेज गर्ने प्रश्ताब  राखेकोमा नेपालीहरु हर्षित

काठमाण्डौ । नेपाली काँग्रेसको केनद्रीय समिति बैठकमा प्रभाबशाली केन्द्रीय सदस्य खुमबहादुर खड्काले काँग्रेस बिधानमा हिन्दू धर्म राख्नुपर्ने हुनाले बिधान संसोधन प्रसताब दर्ता गरेका छन् । नेता खड्काले ल्याएको प्रस्ताबमा धर्म निरपेक्ष खारेज गरि सनामतन हिन्दू धर्म राख्नुपर्ने बिचारका साथ प्रस्ताब दर्ता गरिएको छ ।

आउदै गरेको बैसाख ३१ गतेको स्थानीय निकायको निर्बाचन र काँग्रेसको रणनीति, पदाधिकारी तथा सदस्यहरुको मनोनयन लगायतका बिषयमा छलफल गर्न बोलाईएको बैठकमा पुर्बगृहमन्त्ती समेत रहेका खड्काको प्रस्ताबका बिषयमा ब्यापक छलफल हुनसक्ने अनुमान लगाईएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले एकलोटी ढंगले पार्टी सभापति देउवा चलेकोले केन्द्रीय समिति बैठक बोलाउन दबाब दिएक थिए । पौडेलको तीब्र दबाबका बीच डाकिएको केन्द्रीय समिति बैठक ३ दिन पछिको लागि आईतबार सारिएको थियो । आईतबार शुरु भएको बैठक केहिदिन लम्बिन सक्ने केन्द्रीय सदस्यहरुको अनुमान छ ।

काँग्रेसमा पदाधिकारी तथा सदस्यहरुमात्र नभएर बिभागहरु पनि गठन भएको छैन । पार्टी सभापतिमा शेरबहादुर देउवाले निर्बाचित भएके एक बर्ष नाघीसकेको भएपनि कमिटीले पूर्णता नपाएकोमा पौडेल पक्ष रुष्ट छ ।

नेता खड्काले दर्ता गरेको प्रस्ताब बहुमतबाट पास हुने अनुमान लगाईएको छ । प्रस्ताब पास नभएमा यसका लागी उनले बैकल्पीक रुपमा महत्वपूर्ण निर्बाय गर्न सक्ने अनुमान काँग्रेसबृतमा लगाएने गरेको छ । हिन्दू धर्मको नारा उठाएक खुमबहादुरप्रति नर्ध निरपेक्ष नचाहने नेपालीहरु हर्षित भएका छन् । यानिकि महामन्त्री शासांक कोईरालाले पनि हिन्दू धर्म राख्न यदाकदा बोलिरहेकाले दुई नेताबीच एलाईन्स हुनसक्ने अनुमान पनि लगाउन सकिन्छ ।