पु.समाचार

प्युठानमा एकाबिहानै जिप दुर्घटना, ६ जनाको मृत्यु

काठमाण्डौ । शुक्रबार बिहानै प्युठानको स्वर्गद्धारीमा भीषण जिप दुर्घटना भएको छ । जिप दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको जनाइएको छ ।  शुक्रबार बिहानै काभ्रेको बनेपाबाट हिडेको जिप प्युठानको स्वर्गद्धारीमा दुर्घटनाग्रस्त भएको हो ।

बा १ च १५६१ नम्बरको उक्त जिपमा सवार ३ जना यात्रु गम्भीर घाइते भएको जनाइएको छ । जिप सडकबाट २ सय मिटर तल खसेको जनाइएको छ ।  घटनाको विस्तृत विवरण प्राप्त भैसकेको छैन ।