प्रवास

लन्डन आक्रमणमा नेपाली सुरक्षित

काठमाडौं । लन्डनको वेस्टमिनिस्टरमा बुधबार भएको आतंककारी आक्रमणमा एक प्रहरी अधिकृतसहित चारजना मारिएका छन् । बेलायती संसदभवन नजिक अन्धाधुन्द कार हाँकेर गरिएको आक्रमणमा पैदल हिँडिरहेका कम्तीमा २९ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

शुक्रबारको कान्तिपुरमा लेखिएको छ, घटनापछि बेलायतका नेपालीसमेत त्रसित छन् । ‘बेलायतमा पनि ढुक्कसँग बस्न सकिएन’ एक नेपालीले भने । उक्त आक्रमणमा हालसम्म नेपाली परेको खबर नआएको लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले बताए ।