राजनीति

चीनीयाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्ता दिन प्रधानमन्त्री दाहाल चीन जाँदै

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार चीन प्रस्थान गर्दैछन् । नेपालका प्रधानमन्त्रीले भारत र चीन प्रस्थान गर्न हतारिनु नौलो कुरा होईन । नेपाल र चीनबीचमा कुनैपनि सम्झौता नहुने प्रधानमन्त्री दाहालको सात दिने भ्रमणको औचित्य नभएको परराष्ट्रबिदहरुले बताईरहेका बेला प्रधानमन्त्री दाहालले आफ्ना समकक्षी भेटघाटका कम्रममा चीनीयाँ राष्ट्रपति सी जीनपीङलाई पनि नेपाल भ्रमणको निम्ता दिने बताइएको छ । प्रधानमन्त्री दाहालले अन्य उच्च चीनीयाँ अधिकारीहरुलाई पनि भ्रमणका बेला भेट्ने कार्यक्रम छ ।

एकातिर दाहाल सरकारले बैसाख ३१ गते स्थानीय निकायको निर्बाचन घोषणा गरिसकेको अवस्था छ भने अर्कोतिर भारतको बलियो समर्थन पाएको मधेसी मोर्चाले कुनैपनि हालतमा स्थनीय निकायको निर्बाचन गर्न नदिने बताईरहेको अवस्थामा प्रधानमन्त्रीको चीन भ्रमण अर्थपूर्ण हुने अनुमान राजनीतिक बृतमा लगाईएको छ ।

अन्य जतिसुकै अर्थपूर्ण भएपनि स्थानीय निकायको निर्बाचनको सारगर्मी बढीरहेकाबेला प्रधानमन्त्री दाहालले कस्तो खाले राजनीति शक्ती आर्जन गर्न वा भ्रमणलाई महत्वपूर्ण बनाउने हुन् त्यो प्रधानमन्त्री दाहाललाई नै थाहा होला तर जतिपटक बिदेश भ्रमण गर्यो त्यतिपटक भारत र चीनको प्रधानमन्त्री, राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्ता दिने पुरानो चलन प्रधानमन्त्री दाहालले ब्रेक गर्ने भएनन् । उनले पनि मूख्य कार्यको रुपमा चीनीयाँ  राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्ता दिने भए, नत्र कुैपनि महत्वपूर्ण सम्झौता नगरिने भ्रमण प्रधानमन्त्री जस्तो सम्माननीय  ब्यक्तीले किन गर्नुपर्यो, होईन र ?

बैइजिङ फरेन स्टडिज युनिभर्सिटिजको नेपाल अध्ययनको उद्घाटन गर्न संसारकै दोस्रो शक्तीशाली मुलुक चीन तिर हानिएका प्रधानमन्त्रीको भ्रमण प्रधानमन्त्रीको भन्दा पनि एउटा समान्य नागरीकको जस्तो भएको कुनै सम्झौता नहुने बताएबाट प्रष्ट हुन्छ । प्रधानमन्त्री पदको भ्रमण गर्नु भनेको दुईमुलुकबीचमा महत्वपूर्ण र ऐतिहासिक हुन भएमात्र हुनुपर्नेमा सामान्य कार्यक्रमको उद्घाटनमा दाहल चीनतिर हानिएकाले प्रधानमन्त्री पदकै गरिमा घटाएको आरोप पूर्बराजदुतहरुले लगाएका छन् ।
चीनका लागी नेपालका पूर्ब राजुदूत राजेश्वर आचार्यले प्रधानमन्त्रीको चीन भ्रमण आवश्यक तयारी पुरा नभएको आरोप लगाएका छन् ।