मनोरञ्जन

उनी भन्छिन् माया-प्रेममा यसरी हुन्छ धोका

यो सँसार नै मायामा अडेको छ, तर पनि किन यहि मायामा धोका, माया लाउँदा असफल होइन्छ । अहिलेको समयमा मायामा जति डिप्रेशन अरुमा देखिदैन । मायाले त सबैलाई सुखी, खुसी र आन्दित तूल्याउछ तर किन अहिलेको मायाले त सबैलाई निराशा मात्रै बनाउछ ।

के यो माया निराशाको स्रोत हो त ? कि हामीले मायाको सहि परिभाषा नबुझेका हौँ । हामीले पे्रमको साँचो अर्थ बोध गर्न सकेनौँ त्यसैले यो प्रेम निराशाको स्रोत बन्न पुगेको हो कि ।

हामीले प्रेमलाई सहि अर्थमा बुझेको भए सायद यो प्रेम निराशाको स्रोत बन्दैन्थ्यो होला । माया एउटै हुन्छ तर माया गर्ने तरिका फरक हुन्छ । केटाले केटिलाई गर्ने मायामा बढि मात्रमा निराशापन देखिन्छ । किनभने त्यो माया स्वार्थी हुन्छ । जुन ब्यक्तिले आफ्नो मन देखि नै कसैलाई माया गर्छ भने त्यो माया निस्वार्थी हुन्छ, अनि त्यो मायाले निराशा होइन खुसी छाँउछ ।

माया कसँैको पनि सुन्दरतासँग लगाउने होइन, माया त उ भित्र भएको मनसँग लगाउने हो । सुन्दरता त उसको अनुहारको आकर्षण मात्र हो । त्यो त माया होईन नि, उसको अनुहारको आकर्षण त सुन्दरता रहुन्जेल मात्र हो सुन्दरताले कहिल्यै आनन्दित बनाउदैन ।

मायामा त विश्वास हुनुपर्छ तर अहिलेको माया स्वार्थले गर्दा नै यो कहिल्यै सफल हुन सकेको देखिदैन । त्यसैले मायामा हामीले कहिल्यै धन, रुप, सुन्दरता होईन सफा मनलाई खोज्नु पर्छ । अनि मात्र सफल होइन्छ ।