राजनीति

आखिर यसरी सबै दलहरु निर्बाचन चाहान्छन, तैपनि किन निर्बाचन अन्यौलमा

काठमाण्डौ । एकातिर बैसाख ३१ गतेको लागी पुष्पकमल दाहाल सरकारले स्थानीय तहको निर्बाचन घोषणा गरेको छ । घोषणा गरिसकेको निर्बाचनलाई कुनैपनि हालतमा बिथोल्न मधेसी मोर्चा लागी परेको छ ।

आफ्नो भारतसंगको सम्पर्कलाई अझ सुदृढ गरेर ठूला दलहरुलाई राजनीतिक दबाब दिएर वा मधेसमा बिध्वंसात्मक आन्दोलन गरेर भएपनि मधेसी मोर्चा लागी परेको देखिन्छ । मोर्चाका अध्यक्ष उपेन्द्र यादब निर्बाचन र मधेसको कुरा लिएर पटक पटक दिल्ली धाएको घटनाले नै मोर्चाको उक्त कदम प्रमाणीत देखिएके छ ।

नेपाली काँग्रेसको १३ औं माहाधिवेसनबाट सभापतिमा चयन भएपनि पार्टी सभापति शेरबहादुर देउवा १९ बर्षदेखि सम्पन्न हुन नसकेको स्थानीय तहको निर्बाचन गराएर आफू सफल हुने योजनामा भएका कारण काँग्रेसले स्थानीय निकायको निर्बाचन कुनै हालतमा गर्न चाहेको स्पष्ट हुन्छ ।

सभापति देउवाले आफ्नो पार्टीको भातृसंगठन नेबिसंघ, तरुण दल, महिला संघ लगायतका भातृसंस्थाको लामो समयदेखि सम्पन्न हुन नसकेको निर्बाचन गराएको घटनाक्रमलाई हेर्दा देउवाले निर्बाचन चाहेको कुरा स्पष्ट हुन्छ, यसबाट काँग्रेसको निर्बाचन परिणाम जस्तो आएपनि सभापति देउवा र नेपाली काँग्रेस निर्बाचन चाहने कुरा स्पस्ट देखिन्छ ।

संसदमा प्रतिनिधित्व गर्ने मुलुकको दोस्रो ठूलो दल नेकपा एमालेले आफूले ५४ सालको स्थानीय निकायको निर्बाचनमा ५५ प्रतिशत भन्दा बढी भोट जित्न सकेका कारण प्रमुख प्रतिपक्षी दलको हैसियतमा भएपनि उक्त जितलाई दोहोर्याउने दम्भका कारण स्थानीय निकायको निर्बाचनको सबैभन्दा बढी कुरा गरिरहेको देखिन्छ । एमालेले स्थानीय निकायमा आफ्नो पकड बलियो भएको आँकलन गरेका कारण नै उसले निर्बाचनको कुरा गरेको छर्लङग छ ।

माओबादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधनमन्त्री पुष्पकमल दाहाल भने आफू निर्बाचन गरेपछि हिरो हईन्छ भन्ने हिसाबले निर्बाचनमा गएकबो प्रष्ट हुन्छ किनकी माओबादी केन्द्रको पार्टी फुटेर झण्डै दर्जन चिरा भएका कारण स्थानीय निकायमा पकड देखिदैन । माओबादी केन्द्रके अन्य राजनीतिक कुराहरु यथावत रहेमा राप्रपा संग तेस्रो प्रतिष्पर्धामा मात्र आउने देखिन्छ । काग््रेससंग गत स्वबीयू निर्बाचनमा मिलेर निर्बाचन लडेका दृष्टान्तहरु हेर्दा यसमा पनि कतै कतै एमालेको पकड भएक ठाँउमा माओबादी केन्द्रको जित हुने सम्भाबना बाहेक खरु देखिदैन ।

संसदमा प्रतिनिधित्व गर्ने चौथो ठूलो दल राप्रपा तेस्रो हुनेमा प्रतिष्पर्धा गर्दै राजा र हिन्दू धर्मको नारालाई जनतासमक्ष लगेर जनतालाई प्रभाब पाने दाउमा छ । अन्तिम समयमा बिधानमा भएको राजसंस्था र हिन्दू धर्मलाई निर्बाचन आयोगले हटाएपछि उपप्रधानमन्त्री समेत रहेका कमल थापा आन्दोलनमा छन् ।

निर्बाचन आयोगमा आन्दोलन गर्न गएका राप्रपाका नेता कार्यकर्तालाई प्रहरीले लाठी चार्ज गर्दा केहि घाईते भएका थिए । अहिले पनि राप्रपा आनदोलनमा नै छ । कमल थापा कुनैपनि हालतमा निर्बाचन हुने बताईरहेकाले निर्बाचनमा राप्रपाले भाग नलिने वा उसले निर्बाचन नचाहेको भन्ने ठाँउ भने छैन ।

मभधेसबादी दलहरु संबिधानसंसोधनपछिमात्र निर्बाचन भनिरहेका छन् । केहि गिभ एण्ड टेकपछि निर्बाचन हुने अनुमकानलगाईएको छ । तैपनि राजनीतिक बृतमा निर्बाचन हुन्छ कि हुदैन भन्ने प्रश्नहरु सोधिरहेको देखिन्छ, निर्बाचन हुने वा नहुने आशंका उब्जिएको देखिन्छ ।