आर्थिक

महिन्द्रा टू व्हीलरको उपहार

काठमाडौं । महिन्द्राको आधिकारिक वितरकको रुपमा महिन्द्रा बाइक तथा स्कुटरहरुको विक्रीवितरण गर्दै आइरहेको अग्नि मोटो इन्क प्रा. लि. ले नयाँ वर्षको अवसरलाई लक्षित गर्दै “नयाँ वर्षमा यसपाली, स्क्र्याच गरौं दुईताली” नामक रोचक योजना बजारमा ल्याएको छ ।

यस योजना अन्तर्गत महिन्द्रा टू व्हीलर खरिदकर्ताहरुका लागि ४००% सम्म क्यासब्याक बोनस पाउने नौलो अवसर रहेको छ । यसपाली ग्राहकहरुले हरेक खरिदमा पाउने स्क्र्याच कार्डमा दुई पटकसम्म स्क्र्याच गर्न सकिने व्यवस्था रहेको छ ।

पहिलो स्क्र्याच मा ग्राहकहरुले रु. १ लाखसम्म पक्का जित्ने र दोश्रो स्क्र्याचमा उक्त रकमको ४००% सम्म बोनस क्यास जित्ने अवसर रहेको छ । यस योजनासँगै महिन्द्रा टू व्हीलर खरिद गर्ने ग्राहकहरुका लागि यो नयाँ वर्षमा थप उत्साह भरिने कम्पनीको विश्वास रहेको छ ।