पर्यटन/संस्कृति

विश्व अल्ट्रा पर्वतारोही तथा धावक संजय पण्डितलाई सम्मानै सम्मान

काठमाडौं । विश्व अल्ट्रा पर्वतारोही तथा धावक सञ्जय पण्डितलाई मंगलबार पूर्व साम्सद मंच नेपालले ताम्र पत्र सहित सम्मान गरेको छ ।

सगरमाथा, मनास्लु सहित विश्वका चर्चित ११ पर्वत भएको सफलतामा उनको साहशको उच्च मुल्याकन गर्दै मंचले सम्मान गरेको हो । सिहदरबारस्थित मंचको कार्यालयमा भएको कार्यकममा मंचका कार्यबहाक अध्यक्ष एबम पूर्व मन्त्रि झलक नाथ वाग्ले, मंचका उपाध्यक्ष एबम पूर्व मन्त्रि गोबिन्द बहादुर शाह, कोषाध्यक्ष एबम पूर्व संसद शुशिला शर्मा, मंचका केन्द्रिय सदस्य एबम पूर्व संसद मुक्ति प्रसाद शर्माले संयुक्त रुपमा ताम्र पत्र प्रदान गरेका थिए ।

कार्यकममा कार्यबहाक अध्यक्ष वाग्लेले संजयले साहषिक आरोहणको माध्यमबाट नेपाललाई संसार भर चिनाएकोमा बधाई दिनुभएको थियो भने उपाध्यक्ष गोबिन्द बहादुर शाह संजय देशको गहना भएकोले सरकारी तर्फ देखि सहयोगको पहल गर्न मंच र आफु लाग्ने बताए । कार्यक्रमको संयोजन डाक्टर रमेश थापाले गरेका थिए ।

पण्डितले अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारो र अस्ट्रेलियाको सर्वोच्च शिखर कोजियस्को उल्टो पैदल हिँडेर आरोहण गरि नेपालकै पहिलो उल्टो हिँडेर हिमाल आरोहण गर्ने विश्व पर्वतारोहिको कीर्तिमान कायम गरिसकेका छन् भने यूरोपको सर्वोच्च शिखर एल्ब्रुसमा ६ मिनेट ०३ से अर्ध नग्न बसेर क्रितिमानी कायम गरेका थिए । गत जनवरीमा उनले अन्टारटिकाको सर्वोच्च शिखर बिन्सोंन मसिफ र अर्को चर्चित पर्वत रजम्यान आरोहण गरेका थिए ।