राजनीति

विजयकुमार गच्छदारलाई भित्र्याउन देउवाले गरे यस्तो अन्तारिक तयारी

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई पार्टीमा भित्र्याउन अन्तिम तयारी गरेका छन् ।

पछिल्ला दिन सभापति देउवा र अध्यक्ष गच्छदारबीच यो विषयमा घनिभूत आन्तारिक छलफल भैरहेको बताइएको छ । पछिल्ला वर्ष तराई मधेसमा देखिएको राजनीतिक द्धन्द्ध र त्यसको व्यवस्थापनका लागि भएपनि गच्छदारलाई जसरी पनि पार्टीमा भित्र्याउन सभापति देउवा लगायतका नेताहरु लाग्नुभएको कांग्रेसनिकट श्रोतले जनाएको छ ।

कांग्रेसमा भित्रिने तयारी गरिरहँदा गच्छदारले समेत आफुलाई चित्तबुझ्दो पद पार्टीले दिनुपर्ने माग गर्नुभएको श्रोतले बताएको छ । यसका लागि सभापति देउवाले उनलाई महामन्त्री दिने तयारी गरिहेको बताइएको छ । पटक–पटक छलफलमा बस्नुभएका देउवा र गच्छदारबीच मंगलबार पनि आन्तारिक छलफल भएको जनाइएको छ ।
श्रोतका अनुसार सभापति देउवाले एकजना महामन्त्रीलाई माथिल्लो तहमा लैजाने तयारी गरेका छन् । सम्भवत, उनले गोपालमान श्रेष्ठलाई उपसभापति दिएर गच्छदारलाई महामन्त्री दिने तयारी गर्नुभएको बुझिएको छ ।
त्यस्तै, श्रोतका अनुसार सभापति देउवाले सह–महामन्त्री र उपसभापतिको संख्या बढाउने र त्यसका लागि महासमिति बैठक बोलाउने तयारी गरिरहेको बताइएको छ ।