आर्थिक

बिनोद चौधरी एकाएक अरबपतिमा  यसरी अगाडी  उदाए

काठमाण्डौ । बिश्वका अरबपतिहरुको सूचिमा नेपालका तर्फबाट एकमात्र उद्योगपति बिनोद चौधरी पुन परेका छन् । अरबपतिहरुको सूचि सार्बजनिक गर्ने बिश्वासिलो पत्रिका फोब्र्सका अनुसार चौधरी १ अर्ब ३० करोड सहित बिश्जका अरपतिहरुमध्ये १५ सय ६७ औं स्थानमा छन् ।
नेपालको सबैभन्दा ठस्लो ब्यापारिक घराना चौधरी ग्रुपको अध्यक्ष रहेका चौधरी हाउजिङ, उत्पादन लगायतका उद्योग ब्यावशायमा संलग्न छन् । सामान्य स्वभाबका चौधरी सन् २०१३ मा पहिलोपटक बिश्वका अरबपतिहरुको सूचिमा पर्न सफल भएका थिए ।
माईक्रोसफ्टका मालिक अमेरिकबी नागरीक बिल गेट्स ८६ अर्ब डलर सहत बिश्वका धनी ब्यक्तीहरुको सूचिमा पुनः परेका छन् ।

कुनैकुनै बर्ष बिलगेट्सलाई भारतका आम्मानी वा अरुले जितेपनि बर्तमानमा अरबपतिहरुको सूचिमा पुनः १ नम्बर पर्न उनी सफल भएका छन् ।  बिनोद चौधरीको सम्पति स्व. राजा बिरेन्द्र र एश्वेर्याको हो भनेर बिबादमा भने आउने गरेको छ ।