अन्तर्राष्ट्रिय

औपचारिक रुपमा बाहिरिदै बेलायत

लन्डन । बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपियन युनियनबाट बेलायतको बहिर्गमनबारे आउँदो हप्ताको बुधबार औपचारिक जानकारी गराउने भएकी छन् ।  मेले युरोपियन काउन्सिललाई पत्र लेखेर युरोपियन युनियनबाट बोलायत बाहिरिने जानकारी दिनेछिन् ।

मंगलबारको नागरिकमा लेखिएको छ, उनको पत्रमा युरोपियन युनियनबाट बाहिरिनेबारेको बिषयवस्तु हुने र बेलायतको बहिर्गमनपछि युरोपियन युनियनसँगको भावी सम्बन्धका बारेको व्यहोरा हुने बताइएको छ ।