समाचार

चिट चोराउने पाँच निरीक्षक निष्कासित

सिरहा । केन्द्राध्यक्ष र निरीक्षककै मिलेमतोमा माध्यमिक शिक्षा परीक्षा (एसइई) अमर्यादित बनेको छ । परीक्षा अनुशासन पालनका लागि केन्द्राध्यक्षका लागि जारी गरिएको १९ बुँदे निर्देशनविपरीत अमर्यादित क्रियाकलाप गरेको भन्दै परीक्षा अनुगमन समितिले तीन केन्द्राध्यक्षलाई सचेत गराएको छ भने, ५ निरीक्षकलाई परीक्षा केन्द्रबाटै निष्कासन गरेको छ ।

मंगलबारको कान्तिपुरमा लेखिएको छ, परीक्षार्थीलाई गेसपेपर र परीक्षा केन्द्र बाहिरबाट तयार पारिएको फ्ल्याप उत्तरपुस्तिकामा सार्ने बातावरण सिर्जना गरेर परीक्षा अमर्यादित बनाएको भन्दै केन्द्रले तीन जनालाई सचेत र पाँच निरीक्षकलाई निष्कासन गरेको हो ।

सोनमती गाढा परीक्षा केन्द्रका निरीक्षक देवप्रसाद यादव, शिवप्रसाद साह, रामएकवाल यादव, विनीता र गौरीपुरा परीक्षा केन्द्का तनवीर अन्सारीलाई निष्कासन गरेको छ ।