आर्थिक

अपराध माहाखाखालाई प्रश्न: अरबपति प्रेम कट्वालसंग एक करोड हुनु ठूलो कुरा हो र ?

काठमाण्डौ । प्रहरीले जे भन्यो त्यो सहि, पत्रकारले जे लेख्यो त्यै सहि र ओरोपी जुनसुकै अपराधमा समातिएपनि त्यो गलत भन्ने चलन सामान्य जस्तै भएको छ । प्रशंग ब्यू स्काई ईन्टरनेशनल म्यानपावरका प्रबन्ध निर्देशक प्रेम कट्वाल हाल अपराध अनुसंधान माहासाखा टेकुको हिरासतमा छन् । उनको बहुसंख्यका मिडियामा ठगको रुपमा प्रचार भईरहेको छ ।

मेनपावर ब्यावशायी संघका पुर्ब अध्यक्ष समेत रहेका कट्वाल प्रहरीले सामाजीक सञ्जाल फेसबुकबाट गलत आईडी बनाई मानिसहरुलाई ठगेको आरोपमा झण्डै २४ दिनबाट प्रहरी हिराशतमा छन् । प्रहरीले समातेर हिरासतमा राख्नेबित्तिकै वा पत्रिकामा आउने बित्तिकै कोही गलत र सहि हुन्छ भन्ने छ त ? त्यो छुट्याउने जिम्मा कसको हो त ? त्यो पनि प्रश्न छ सबैलाई ।

प्रहरीले उनको खातामा २४ लाख अबैध भेटिएपछि समातेकोमा पछिल्लो अवस्थामा ८२ लाख जम्मा भएको बताएको छ । प्रहरीले फेसबुकको गलत आईडी बनाउने र महिलाहरुलाइ रिक्विेस्ट पठाउने, बिश्वासिलो गफ गर्ने अनि बिस्तरै ठग्ने गरेको आरोपमा समातेको हो । कटवालले भने प्रहरीले आफूलाई फसाएको बताएका छन् । एसपी श्याम ज्ञवालीले २० भन्दा बढी उजुरी परेका र एक करोड भन्दा बढी ठगीको दाबी आएको बताएका छन् ।

प्रेम कट्वाल ठग हुन भने उनलाई हदै सम्मको कारबाही होस भन्ने कुरामा कसैको दुईमत नहोला तर प्रहरी अनुसंधान हेर्दा उनलाई लगाईएको मुद्धा त्यति गहकिलो देखिएन कि पे्रम कट्वाल नेपालको चलेको म्यानपावरका मालिक हुन् । उनी बैदेशीक रोजगार ब्याबशायी संघका पुर्ब अध्यक्ष समेत हुन् । बार्षीक रुपमा कटुवालले करोडौंको ब्यावशायीक ट्रान्जिेक्सन गर्छन् । मेनपावर मुख्य भएपनि अन्य थुप्रै राम्रा ब्यावशायमा संलग्न भएका ब्यक्ती हुन् कट्वाल ।

के पचासौं करोडको ब्याबशायीक ट्रान्जेक्सन गर्ने एउटा ब्यावशायीको खातामा १/२ करोड रुपैंयाँ हुनु असान्दर्भिक हो र ? त्यौ पनि प्रेम कट्वालको माहाराजगंजमा १० करोड भन्दा बढी मूल्य पर्ने आफ्नै महलमा म्यानपावरको अफिस छ, उनको बसुन्धरामा सानदार महल छ, धरानका कटुवाल पहिलेदेखि नै धनी परिवारका ब्यक्ती हुन, दशौ बिगाहा जग्गाका मालिक, काठमाण्डौमा रोपनीयौं जग्गा जमिन छ, तैपनि घमण्डी स्वभाबका छैनन् उनी उनका नजिकका साथीभाईहरुलाई सोध्दा ।

५० करोड भन्दा सम्पतीका मालिकसंग एक करोड आफ्नो खातामा हुनु गलत हो र ? फेरी उनका कबार्यालयमा ३० ४० जना कर्मचारी त होलान् उनीहरुका लागी तलब पनि त दिनुपर्यो नि ? प्रहरीले सुन तस्करीको आरोपमा पक्राउ गरेका बिमानस्थलका एसएसपी श्याम खत्री किन भर्खरमात्र २ लदाख धरौटीम रिहा भए त ? दह्रो प्रमाणबिना कसैलाई लेनदेनको हिसाबकिताबमा कसैलाई पक्राउ गर्नु प्रहरीको ईज्जत प्रतिष्ठामा असर पर्ने काम हो ।
पे्रम कटवालको मुद्धामा प्रहरीको प्रमाणका आधारमा अदालतले मुद्धाको छिनोफानो कस्ते गर्छ त्यो भबिश्यले देखाउला तर बिना दरिलो तर्क प्रहरीले प्रक्राउ गरेको अनुमान भने २४ लाख रुपैंयाँ प्रेम कटुवालको खातामा भेटियो भन्ने कुराबाट प्रमाणीत हुन्छ ।

प्रहरीले म्यानपावर ब्यावशायी भन्ने बित्तिकै अर्के नजरले हेर्ने गरेको गुनासो ब्यावशायीहरुले लगाउने गरेका छन् । म्यानपावर ब्यावशाय बद्नाम भएपनि कतिपय ब्यावशायीहरु शिक्षित भएका कारण उनीहरुले मर्यादित ढंगले आफ्नो ब्यावशाय संचालन गरिरहेको हुंदापनि आरोपहरु आउदा दुःख लाग्नेगरेका, ब्यावशायी लक्ष्मण पौडेलले बताए ।

नेपाल बैदेशीक रोजगार ब्यावशायी संघका अध्यक्ष बिमल ढकाल भन्छन्, ‘प्रहरीले पक्राउ गरेका प्रेम कट्वाल बैदेशीक रोजगार ब्यावशायीभित्रका निश्कलंक मान्छे हो, कसैलाई बिश्वास गरेका कारण कटवालजी फसाईएको हुन सक्छ । कानुनले प्रमाण देखाएमा कारबाही गर्ला त्यो फरक कुरा हो वा धरौटीमा छु्ट्न पनि सक्नुहुन्छ, गृहमन्त्रीसंग ब्यावशायी संघको ग्यारेन्टीमा छाडिदिनुपर्यो भन्ने अनुरोध गरेका हौं, गृहमन्त्रीले अहिले प्रहरीले मानेन भन्नुभयो । हामीले हाम्रो ठाँउबाट औपचारिक वा अनौपचारिक ढंगले ब्यावशायी कट्वाललाई छुटाउने प्रयास गरिरहेका छौं । प्रहरीले म्यानपावर ब्यावशायीको खातामा २४ लाख हुंदै समात्नु गलत गर्यो, मेनपावर ब्यावशायीको प्रतिष्ठामा अशर पर्ने काम गर्नु ठीक होईन ।’

मेनपावर ब्यावशायी सरोज पोख्रेलले कट्वाललाई प्रहरीले फसाएके बताएका छन् । प्रहरीले ब्यावशायीको सामाजीक प्रतिष्ठा नै समाप्त पार्नेगरी हर्कत गरेको बताउदै यस्ता हर्कत तत्काल बन्द गर्न चेतावनी समेत दिए । पोख्रेल पछिल्लो समयमा भएको मेनपावर ब्यावशायी संगठनको अध्यक्षका प्रत्यासी हुन् । पोख्रेल बिमल ढकालसंग झिनो मतले पराजित भएका थिए ।