समाचार

अत्याधुनिक राइफल पाएलगत्तै प्रधानमन्त्री पुत्र प्रकाशलाई आइलाग्यो यस्तो आपत !

काठमाण्डौ । यसबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालले लाखौं रुपैया पर्ने हतियार बोक्न थालेको भन्दै निकै ठूलो हंगामा मच्चिरहेको छ । प्रकाश दाहाल यसबेला प्रधानमन्त्रीको स्वकीय सचिवालयमा छन् । उनी प्रधानमन्त्री प्रचण्डका छोरा त हुन् नै, त्यतिमात्रै नभएर स्वकीय सचिवालयका सिनियर स्टाफमा पर्ने गर्छन् । परिवारका सदस्यलाई स्वकीय सचिव राख्ने पार्टी पद्धति विपरित र आमसर्वसाधारणको विरोधका बाबजुद पनि प्रधानमन्त्री दाहालले प्रकाशलाई स्वकीय सचिवालय राखेका छन् । सो कदमको विरोध भैरहेकै बेला प्रकाशसँग जोडिएर फेरि अर्को घटनाको प्रार्दूभाव भएको छ ।

उनले लाखौं रुपैया पर्ने हतियार किन बोक्नुपर्यो ? प्रधानमन्त्रीको सुरक्षाका लागि हो भने सुरक्षाकर्मीनै प्रयाप्त मात्रामा रहेका छन् । भोलिका दिनमा पनि पूर्व प्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री दाहालले सुरक्षाका लागि प्रहरीको एउटा फोर्स नै पाउने नियम छ । तर प्रकाशले किन आफ्नो व्यक्तिगत सुरक्षाका लागि भन्दै जिल्ला प्रशासन कार्यालयबाट हतियार लिए ? के प्रकाश दाहाल आफैमा असुरक्षित व्यक्ति हुन् र ? यो देशमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भूमिकालाई कटाइदिएको एक मिनेटभित्र प्रकाश दाहाल पनि सर्वसाधारण नागरिक हुने निश्चित छ ।  भोलिका दिनमा उनको बाटो त्यहिनै हो तर उनले किन आफ्नो सुरक्षाका लागि हतियार बोक्ने रहर गरे ?

यदि उनले हतियार बोक्नै पर्ने बाध्यता आइलागेको हो भने उनले सो पदमा बसेर निकै गल्ती र कमी कमजोरी गरेको पुष्टि हुन्छ, अन्यथा किन बोक्नुपर्यो हतियार ? आम सर्वसाधारणले यी थुप्रै प्रश्नहरु अघि सारेका छन् र उनलाई यो कदम निल्नु न ओकल्नु भएको छ । वास्तवमा यसबेला प्रकाश आपतमा परेका छन् । यहि सिलसिलामा प्रकाशले आफुले चालेको यो कदमलाई मिडिया र आमसर्वसाधारणले अनावश्यक ढंगले उचालेको आरोप लगाएका छन् । आफ्नो फेसबुक अकाउन्टमा स्टाटस्नै लेखेर उनले सो रोदन पोखेका हुन् ।

यस्तो छ प्रकाशले दिएको प्रतिक्रियाः

निश्चित कानुनी प्रक्रिया पुरा गरी हतियार राख्न पाउने अधिकार नेपालको कानुनले सबैलाई सुरक्षित गरेको छ । त्यही कानुनी प्रक्रिया पुरा गरेर मैले पनि बाइस बोर लिएको कुरा साँचो हो । तर, नेपालको कानुन अनुसार प्रक्रिया संगत रुपमा हतियार राखेको कुरालाई अतिरन्जित गर्न आवश्यक छैन । सयौंको संख्यामा बरिष्ठ पत्रकारहरु प्रायस् सयौ नेतागणहरु , पुर्व सैनिक, प्रहरी लगायतले सेवाबाट निवृत्त भएपछि र लगभग दशौ हजारले कानुन बमोजिम हतियार राख्ने गरेका छन् । मैले पनि त्यही कानुन बमोजिम हतियार लिएको हुँ । तर, हतियारको निश्चित मापदण्ड र शर्तहरु छन्, त्यसलाई आम नेपालीले जस्तै मैले पनि मानेको छु । कतिपय संचार माध्यम र सामाजिक संजालमा मैले कानुन बमोजिम हतियार राखेको विषयमा पनि भ्रमको खेती गरिएको छ, यो पुर्णत गलत छ । अनि, मैले लिएको बाइस बोर १५ लाखको होइन, सरकारलाई तिरेको राजस्वसहित एक लाख पचास हजार बराबरको हो । यसबारे गरिएका गलत प्रचारबाट मुक्त हुन म सम्पुर्ण शुभचिन्तकहरुमा आग्रह गर्दछु ।