आर्थिक

बिश्व पर्बतारोही पंडीतलाइ सामसुंग ग्यालेक्सी सी ९ प्रो मोबाइल उपहार

काठमाण्डौ । बिस्व अल्ट्रा पर्वतारोही संजय पण्डितलाई सुक्रबार सामसुंग नेपालको आधिकारिक बिक्रेता आइ एम एस ग्रुपले करिब ६० हजार नेपाली पर्ने ग्यालेक्सी सी ९ प्रो मोबाइल उपहार स्वरूप प्रदान गरेको छ ।

आइ एम एस ग्रुपका अध्यक्ष दिपक मलहोत्राले उक्त मोबाइल हस्त्रारन्तरण गर्नु भएको हो । सगरमाथा, मनास्लु सहित बिस्वका चर्चित ११ पर्बत आरोहण गर्न सफल पण्डितले अफ्रीकाको सर्बोच्च सिखर किलिमन्जारो र अस्ट्रेलियाको सर्बोच्च सिखर कोजियस्को उल्टो पैदल हिडेर आरोहण गरि नेपालकै पहिलो उल्टो हिडेर हिमाल आरोहण गर्ने बिस्व पर्वतारोहिको कृतिमान कायम गरिसकेका छन् ।

गत जनवरीमा उनले अन्टारटिकाको सर्बोच्च सिखर बिन्सोंन मसिफ र अर्को चर्चित पर्बत रजम्यान आरोहण गरेका थिए ्र पण्डितले उक्त हिमाल आरोहण गर्दा सामसुंग मोबाइल प्रयोग गरेका थिए ।

पण्डितलाइ आइ एम एस ग्रुपले अस्ट्रेलिया, अमेरिका युरोप एबम् एन्टारटिकाको सर्बोच्च सिखरआरोहणमा आर्थिक सहयोग गरेको थियो । ग्यालेक्सी सी ९ प्रो गत हप्ता नेपालमा लन्च भएको हो ।