समाचार

लाईसेन्स निकाल्न लिखित परिक्षा एकपटकमात्र दिए पुग्छ – महानिर्देशक भट्टराई

काठमाण्डौ । यातायात ब्यवस्था बिभागका माहानिर्देशक रुपनारायण भट्टराईले सेवाग्राहीले लिने लाईसेन्सको परिक्षा प्रणाली सहज बनाउन लागेको बताएका छन् । सुर्यखबरसंगको कुराकानीमा केहिदिन अगाडीमात्र जिम्मेवारी निभाउनुभएका भट्टराईले संसारमा जति टाईट भयो त्यति बढी भ्रष्टाचार हुने हुंदा त्यसका लागि जतिसक्दो खुल्ला गर्ने गृहकार्यमा आफू लागेको जानकारी दिएका छन् ।

भट्टराईले चालक अनुभती प्रकृयाको परिक्ष पद्धती सहज बनाउने, पटक पट लिने लिखित परिक्षालाई हटाउने, आफू पब्लिक हुंदा जस्तो सेवा जाहन्छु त्यस्तै सेवा दिन प्रयत्नरत रहने बताएका छन् ।

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउदै अनियमीत कार्य गर्ने कर्मचारीहरुलाई तक्काल कारबाही गर्न मातहतका कार्यालयलाई अधिकार दिईएको र कारबाही नगरेमा अफूले नै कारबाही गर्ने अठोट गरेका छन् ।

यातायातमा केहिदिन अगाडीमात्र २५ हजार  घुसमा एकजना अधिकृत पक्राउ परेका थिए नि  भन्ने प्रश्नको जवाफमा उनलाई आवश्यक कारबाही भइरहेको जनाएक छन् ।