आर्थिक

बजाजद्वारा नयाँवर्ष २०७४ को योजना ‘सुन्दर रमणीय नेपाल’ घोषणा

काठमाण्डौ । नेपालमा सबैभन्दा अधिक बिक्री हुने र अधिक विश्वास गरिएको बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलासचन्द एण्ड को.प्रा.लि.ले नयाँवर्ष २०७४ को योजना– ‘सुन्दर रमणीय नेपाल’सार्वजनिक गरेको छ । ‘घुमौं बजाजसँग तराई, पहाड र हिमाल’ नारासहित नयाँ योजना शुरु गरेको हो ।

नेपाल भौगोलिक विविधता तथा संस्कृति र परम्पराहरुको धनी मुलुक हो । यो सुन्दर रमणीय नेपाल अभियानले नागरिकहरुवीचमा यसको भावनालाई प्रबद्र्धन गर्नुका साथै एकआपसमा जोड्ने लक्ष्य लिएको छ ।

शक्तिशाली बडी भएकोले बजाज मोटरसाइकल कुनै पनि भौगोलिक बिबिधताका स्थानहरुमा भ्रमणका लागि सबै भन्दा उपयुक्त मोटरसाइकल बनेको छ । त्यसैले गर्दा विभिन्न रोमान्चक स्थानहरुको यात्रा गर्न र परम्पराहरुका साथै ऐतिहासिक महत्वको जानकारी लिनका लागि सबैलाई अभिप्रेरित गर्नेछ ।

यो अभियानका विशेषताहरुमा ‘रु.७४०० स्योर सट अफर’ स्कीमअन्तर्गत कुनैपनि बजाजका बाइकहरु खरिदमा हरेकले तत्काल रु.७४०० नगद छुट पाउनेछन् । त्यसपछि खरिदकर्ताहरु स्वतः लक्कि ड्रमा समावेश हुनेछन्, जसमार्फत् एक व्यक्तिले मनपर्ने नेपालका विभिन्न स्थानहरुको भ्रमण गर्नका लागि रु.७४००० भ्रमण खर्च स्वरुप जित्न सक्नेछन् । दैनिक लक्की ड्रको घोषणा एभेन्यूज टेलिभिजनमार्फत बेलुकीको ८ बजेको समाचारपछि प्रशारण गरिनेछ ।

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका कार्यकारी निर्देशक, शेखर गोल्छाले भने, यो अभियानले मानिसहरुलाई नेपालको सुन्दर र मनोरम विविध भूगोलसँग एकआपसमा जोड्नका लागि प्रबद्र्धन गर्नेछ । हामी निश्चिन्त छौं की सुन्दर रमणीय नेपाल स्कीमले समस्त नेपालीहरुलाई नेपालको प्राकृतिक सौन्दर्यका बारेमा थाहा पाउन र अनुभव हासिल गर्न सहयोग पुग्नेछ ।

हामी सँधै हाम्रा महत्वपूर्ण ग्राहकहरुका लागि रोमाञ्चक र सजिलो स्कीमहरु ल्याउन प्रतिबद्ध छौं र नयाँवर्ष यसको लागि सबैभन्दा उपयुक्त समय हो । यसअघिका धेरै स्कीमहरु जस्तै यो नयाँ स्कीम पनि निकै लोकप्रिय हुने अपेक्षा गरेका छौं ।
हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालि लोकप्रिय र ठूला नामहरु मध्ये एक हो जसले नौलो र रोमाञ्चक उत्सव योजनाहरु बजारमा ल्याई रहन्छ ।