अन्तर्राष्ट्रिय

मणिपुर निर्वाचनमा आइरन लेडीको यो हालत !

काठमाडौं । सोह्र बर्षसम्मको अनसन । राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा रोलमोडल । आइरन लेडीको उपमा । विकृति विसंगतिविरुद्धकी निडर अभियन्ता । मणिपुरकी इरोम शर्मिलाको परिचय हो यो । सशस्त्र बललाई असीमित अधिकार दिनेसम्बन्धी कानुनविरुद्ध उनी १६ बर्ष अनसन बसिन् र गत अगस्टमा टुङ्याइन् ।

राजनीति सुरु गर्ने उदेश्यले पिपुल्स रिसर्जेन्स एन्ड जस्टिस पार्टी खोलिन् । सोमबारको कान्तिपुरमा लेखिएको छ, उनको उदेश्य थियो मुख्यमन्त्रीको सिटसम्म पुग्ने । त्यसका लागि उनले प्रदेश सभा निर्वाचनमा मणिपुरका शक्तिशाली राजनेता एवं मुख्यमन्त्री इबोबी सिंहविरुद्ध उम्मेद्वारी दिइन् । निकै आशावादी भएर निर्वाचनको मैदानमा होमिएकी शर्मिलाले मत पाइन् ९० मात्र ।