सामाजिक सञ्जाल

अशोक राईले भारतीय दूतावासको विज्ञप्ति पढ्दै कञ्चनपुरमा मारिएका गोविन्दको अपमान गरेपछि…!

काठमाण्डौ । कञ्चनपुर घटनाका बारेमा राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा बहस भैरहेको छ । भारतीय सीमा सुरक्षा बलको गोली लागेर निर्दोष नेपाली युवा गोबिन्द गौतमको हत्या भएपछि नेपालीहरुमा भारतप्रति थप आक्रोस बढेको छ । भारतीय हस्तक्षेपको सबैले कडा रुपमा भत्र्सना गरिरहेका छन् । यसै सिलसिलामा शुक्रबारको संसद बैठकमा देखिएको एउटा दृष्य र एकजना नेताको रबैयालाई लिएर बरिष्ठ पत्रकार किशोर श्रेष्ठले कटाक्ष गरेका छन् । ।

पहिले कम्युनिष्ट विचारधारा बोकेर हिडेका नेता, जसलाई नेपाली जनताले अशोक राई भनेर चिन्ने गर्छन्, जो अहिले मधेसी नेता उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरमको उपाध्यक्ष बनेका छन् । राई केही वर्षअघिसम्म नेपालको प्रभावशाली पार्टी नेकपा एमालेको उपाध्यक्ष समेत रहेका थिए । उनै राईको पछिल्ला रबैया देखेर सर्वसाधारणदेखि माथिल्लो तहसम्मका व्यक्तिहरुले घृणा गरिरहेका छन् ।

उनै राइले शुक्रबारको संसद बैठकमा कञ्चनपुरमा भारतीय प्रहरीद्धारा निर्दोष नेपाली नागरिकको हत्या भएको विषयमा भारतको पक्ष लिएर बोलेको भन्दै पत्रकार श्रेष्ठले कटाक्ष गरेका हुन् । संसद बैठकमा भारतीय दूतावासको विज्ञप्ति पाठ गर्दै उसको पक्ष लिएर सहिद गौतमको अपमान गरेको भन्दै पत्रकार श्रेष्ठले राईलाई कुहिएको अण्डा भन्दै खरो आलोचना समेत गरेका छन् । पत्रकार श्रेष्ठले शनिबार आफ्नो फेसबुक स्टाटस्मार्फत सो कुराको पर्दाफास गरेका हुन् ।
यस्तो छ पत्रकार श्रेष्ठले राइप्रति कटाक्ष गर्दै लेखेको फेसबुक स्टाटस्ः