समाचार

 बाग्मती सफाई अभियान २ सय हप्ता भब्य रुपमा शुरु, बन्दको प्रभाबले सर्बसाधारणलाई सरिक हुन समस्या

काठमाण्डौ । शनिबार बाग्मती सफाई माहाअभियानले २ सय हप्ता पुगेको उपलक्षमा सुन्दरीजल देखि चोभारसम्म पदयात्रा सरसफाई अभियान शुरुवात भएकोे छ । उक्त अभियान ७ बजे शुरु हुने भनिएपनि झिसमिसदेखि नै समाजसेवामा आकर्षण भएका युवाहरुको बाक्लो उपस्थिति देखिएको छ ।
बाग्मती सफाई अभियानका अभियान्ता हेमराज कार्कीका अनुसार आफूहरु बिहान चोभार क्षेत्रमा उक्त अभियानका लागि सहभागी हुंदा सर्बसाधारणहरुको भीड लागेको देखेको बताएका छन् ।
नेत्रबिक्रम चन्द माओबादीले कञ्चनपूरमा भारतीय सीमा सुरक्षा बलको गोली प्रहारबाट मृत्यु भएका गोबिन्द गौतमको हत्याको बिरोधमा नेपाल बन्दको आयोजना गरेपनि अभियानमा खासै अशर नपरेको सहभागीहरुले बताएका छन् ।

माहाअभियानले सन्दरीजलबाट गोकर्ण, जोरपाटी, मीनभबन, पींगलास्थान, थापाथली, बल्खु, सुन्दरीघाट, टेकु दोभान, सिनामंगल लगायतका सुन्दरीजलबाट चोभारसम्म पर्ने १८ वटा स्थानमा आफूलाई पायक पर्ने स्थानमा सफाई अभियान कार्यक्रम राखेको हुंदा सर्बसाधारणहरुलाई उपस्थितिका लागि सहज भएको बाग्मती  सरसफाई अभियान्ता तथा चीनका लागि नेपालका राजदुत लीलामणी पौडेल बताउछन् ।

कतिपयले भने बन्दका कारण अभियानमा सरिक हुन नसकेको भनी सामाजिक संजालमा दुःख पोखेका छन् । कतिपयले काम भन्दा बढी गफ गरेको भनेर उक्त अभियानका अभियान्ताहरुप्रति आलोचना समेत गरेका छन् । आलोचना गरेपनि आलोचकहरु अभियान मुलुकको लागि राम्रोभएकोमा भने बिश्वस्त देखिन्छन् ।

चर्चाको सषिय भएको २०० हप्ता हुनु आफैंमा राम्रो देखिएको छ । अभियानमा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपा अध्यक्ष कमल थापा लगायतका बिशिष्ठ ब्यक्तीहरुको बिभिन्न ठाँउमा उपस्थिति हुने जनाईएको छ । अभियानले दशौं हजार मानिसको उपस्थिति हुने अनुमान समेत गरेको छ ।