खेलकुद

दोहा जाँदै रग्वी टोली

काठमाण्डौ । एसिया रग्वी सेभेन्स ट्रफीमा सहभागी हुन १२ खेलाडीसहित १५ सदस्यीय नेपाली रग्वी टोली मंगलबार कतारको दोहा प्रस्थान गर्दैछ ।  नवीन गिरीको कप्तानीमा रहेको टोलीका अन्य खेलाडीमा कृष्ण क्षेत्री (उप कप्तान), विराट श्रेष्ठ, श्रीराम श्रेष्ठ, प्रेमबहादुर कोइराला, विराटजंग ऐडी, निर्मल लामा, सुनील मल्ल ठकुरी, गजेन्द्रबहादुर राना, अशोक शाही, विक्रम पुरी र सनीश महर्जन रहेका छन् ।

टिम व्यवस्थापकमा गोपाल क्षेत्री, प्रशिक्षकमा हरि तामाङ र फिजियोमा ध्रुव उप्रेती छन् ।

ध्रुवले मार्च २ मा दोहामै हुने लेभल १ फिजियो फेयर ट्रेनिङमा पनि सहभागिता जनाउने छन् ।दोहाको एसपायर रग्वी रंगशालामा मार्च ३ र ४ तारिखमा हुने प्रतियोगितामा ११ राष्ट्रको सहभागिता रहने बताइएको छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच सोमबार बिदाइ गरेका छन् ।