राजनीति

मोर्चाको असहयोगका कारण निर्बाचनको बेटुंगो, ओलीले कसरी जित्छन् निर्बाचन नै नभए ?

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । मधेसी मोर्चाको संयोजक समेत रहेका संघीय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादबले निर्बाचन कुनैहालतमा सम्पन्न हुन नसक्ने दाबी गरेका छन् । निर्बाचन नभए के हुन्छ त भन्ने कुरा नगरेपनि उनले माहाभारत हुन्छ भन्ने टिप्पणी गर्नुले अनिष्ट हुन्छ भन्ने संकेत गरेका छन् ।
सिराहाको एक कार्यक्रममा बोल्दै पूर्ब परराष्ट्रमन्त्री समेत रहेका यादबले संसोधन सहित संबिधान संसोधन गर्ने मधेसी जनताको माग पुरा नभए मधेसमा मात्र नभएर पहाड र हिमालमा पनि आन्दोलनको हुरी आउने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संबिधान संसोधन गर्न प्रश्ताब दर्ता गरी निर्बाचनको घोषणा गरिसकेको अवस्थामा भर्खरमात्र भारत भ्रमण सकेर आएको यादबले उक्त कुरा बताउनु राजनीतिक रुपमा अर्थपूर्ण छ ।

पछिल्लो समयमा प्रधानमन्त्री दाहालले र्संबिधान संसोधन पछि गर्नेगरी अहिले निर्बाचनमा होमीन मधेसी दललाई आग्रह गरेपनि मोर्चाले आफ्नो पूर्ब अडान छाडेको छैन । बरु उल्टै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिरहेको बताएको छ ।

स्थानीय निकायको निर्बाचनकालागि तयारी अवस्थामा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निर्बाचन हुने नहुने के हो जित हुने भनी डुक्राईरहेको छ । सोमबार मात्र एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निकायको निर्बाचनमा प्रतिपक्षमा बसेर नै जित्ने दाबी गरे । जे होस निर्बाचनको लागि प्रमुल प्रतिपक्षी दलले सरकारलाई साथ दिनु लोकतन्त्रको लागि नै राम्रो संकेत हो ।

माओबादी केन्द्रको उपाध्यक्ष छाडेर नयाँशक्ती पार्टी बिस्तारमा लागेका पूर्ब प्रधानमन्त्री बाबुराम भट्टराई पनि आफू कमजोर भएपछि उपेन्द्र यादबकै पछि लागेर निर्बाचन फिर्ता लिन आग्रह नै गरिरहेका छन् । यसबाट भारत निर्बाचन हुन दिने मनसायमा नभएको संकेत दिन्छ । डा.भट्टराई र उपेन्द्र यादब अन्तिम समयमा भारतसंग निकटस्त भानिन्छन् । प्रधानमन्त्री दाहालले निर्बाचन घोषणा गरेपनि पछिल्लो समयमा निर्बाचनका लागि मोर्चासंग डराएको प्रधानमन्त्री सचिवालय स्रोतको दाबी छ ।

१९ बर्षसम्म सम्पन्न हुन नसकेको निर्बाचन प्रधानमन्त्राी दाहालको कमजोर सरकारले सम्पन्न गर्न सक्छ भन्ने कुरामा चियापसलमा जनता बिश्वस्त छैनन् । राजनीतिक बिश्लेशकले समेत पत्याउन गाह्रो भएको बताईरहेका छन् ।