आर्थिक

अहिले पनि ११ अर्ब बराबरको बिजुली खेर गैरहेको छ !

काठमाडौं । उर्जामन्त्री जनार्दन शर्माले बिजुली चुहावट तीन प्रतिशतले घटेको दावी गरेका छन् । करिव २६ प्रतिशत चुहावट हुँदै आएको बिजुली तीन प्रतिशत बिन्दुले घटाएर २३ प्रतिशतमा झारेको उनले बताएका छन् ।

एक प्रतिशत बिजुली चोरी हुँदा नेपाल विद्युत प्राधिकरणलाई करिब ५० करोड नोक्सान हुन्छ । मंगलबारको नागरिकमा लेखिएको छ, तीन प्रतिशत बिजुली चुहावट जोगाउन सकिएको खण्डमा एक अर्ब पचास कारोड रुपैयाँ नोक्सान हुनबाट जोगाउन सकिन्छ ।

यस अघि २६ प्रतिशत चुहावट हुँदा प्राधिकरणले विद्युत चुहावटकै कारण बर्सेनि १३ अर्ब रुपैयाँ घाटा बेहोरिरहेको थियो । अहिले तीन प्रतिशतले घटेपनि प्राधिकरणले अझै ११ अर्ब ५० करोड रुपैयाँ बिजुली चुहावटकै कारण नोक्सान बेहोर्नुपर्ने हुन्छ ।