खेलकुद

कृषाले जितिन् कास्य पदक

काठमाण्डौ । नेपालकी कृषा शेर्पाले आठौं साइलेन्ट नाइट कराते कपमा कांस्य जितेकी छन् । मलेसियाको क्वालालम्पुरमा भएको प्रतियोगितामा शेर्पाले कास्य पदक जितेकी हुन् ।

१६ राष्ट्र सहभागी महिला जुनियर एकल कातामा कृषाले कांस्य जितेको नेपाल सोतोकान कराते संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पाले जनाएका छन् । कृषा प्रतियोगितामा सहभागी एक्लो नेपाली महिला खेलाडी हुन् ।