राजनीति

जब गगन थापाले दरबारका मण्डलेहरुको सातो पुत्लो उडाएको इतिहास सुनाए…! (भिडियोसहित)

काठमाण्डौ । स्वास्थ्य मन्त्री एवम् नेपाली कांग्रेसका युवा नेता गगन थापा नेपाली राजनीतिक रंगमञ्चमा आफैमा स्थापित नेता हुन् । उनको राजनीतिक इतिहासबारे प्राय सबै नेपालीहरुलाई ज्ञान छ । विद्यार्थी आन्दोलन हुँदै पछिल्ला राजनीतिक संग्रामका सबैखाले आन्दोलनमा खारिएर आएका मन्त्री थापाले केही दिनअघि आफुले विद्यार्थीकालमा चर्को संघर्ष गरेको एउटा कलेजमा उभिएर बिताएको आफ्नो विगतको इतिहासलाई सम्झिए । आफुले सिटी फुकेर गणतन्त्र उद्घोष गर्दै अघि बढेको इतिहास सम्झिए ।

नारायणहिटी दरबार गर्जिदा आफुले उल्टै हुँकार छेडेर राजावादीहरुलाई धपाएको विगत सम्झिए, जसले सो कलेजका विद्यार्थीहरुलाई अनौठो उत्साह थपिरहेको देखिन्थ्यो । मन्त्री थापा केही दिनअिघ आफुले उच्च शिक्षा हासिल गरेको राजधानीको त्रिचन्द्र कलेजको युवा विद्याथीहरुमाझ सम्बोधन गरिरहेका थिए । उनले त्रिचन्द्र कलेजको अस्तिवमाथिनै दरबारले धावा बोल्दा उल्टै नारायणहिटी सारिदिने उद्घोष गरेको स्मरण गरिरहँदा उपस्थित युवा विद्यार्थीहरुको रगत ह्वात्तै तातेजस्तो देखिन्थ्यो ।

स्वास्थ्यमन्त्री थापाले सबै नेपालीहरुलाई अब एकपटक फेरि प्रजातन्त्र जोगाउन एकजुट हुनुपर्ने बेला आएको बताए । उनले आफ्नै मातृपार्टी नेपाली कांग्रेसलाई निर्वाचनमा होमिन नडराउन आग्रह गरे । २००७, ०४६, ०६२ सालका सबै संग्राम नेपाली कांग्रेसकै नेतृत्वमा सफल भएको स्मरण गर्दै उनले बीचमा हारेपनि कांग्रेसले पटक पटक जिेतको स्मरण गरे ।

मन्त्री थापाले चीन र भारतलाई नेपालमा अनावश्यक ढंगले हस्तक्षेप नगर्न आग्रह गरे । उनले ठूला देशहरुले अनावश्यक ढंगले नेपालका कारण चित्त नदुखाउन आग्रह गरे । नेपाल स्वतन्त्र र सार्वभौम मुलुक भएकोले चीन र भारतको मात्रै चित्त नहुने हामी साना देशहरुको पनि चित्त हुने भन्दै नेपालको पनि भारत र चीनले चित्त दुखाउन नहुने बताए । मन्त्री थापाले उक्त कार्यक्रममा बोलेको महत्वपूर्ण भिडियोलाई हामीले यहाँ प्रस्तुत गरेका छौ ।

https://www.youtube.com/watch?v=acuOMbGhmA8&sns=fb