अन्तर्राष्ट्रिय

राष्ट्रपति भएपछि पहिलोपटक परमाणू हतियारका विषयमा ट्रम्पले दिए यस्तो प्रतिक्रिया

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले परमाणु हतियार भण्डार विस्तार गर्न चाहेको बताएका छन् । कार्यभार सम्हालेपछि पहिलोपटक ट्रम्पले परमाणु हतियारको विषयमा टिप्पणी गरेका हुन् ।

शनिबारको कान्तिपुरमा लेखिएको छ, कुनै पनि देशसँग परमाणु हतियार नभए उत्तम हुने उल्लेख गर्दै ट्रम्पले अन्यथा अमेरिका त्यसको शिर्ष स्थानमा हुनपर्ने बताए ।

रोयटर्ससँग कुरा गर्दै उनले विगतमा भन्दा अमेरिका परमाणु हतियार क्षमतामा पछि परेको उल्लेख गरे ।
हतियार नियन्त्रणसम्बन्धी एक अमेरिकी संस्थाका अनुसार अमेरिकासँग ६ हजार ८ सय र रुसँग ७ हजार परमाणु हतियार छन् ।