राजनीति

प्रतिपक्षी दल एमालेको समर्थनमा संबिधान संसोधन प्रस्ताब दर्ता, एमालेको नाटक भएको बिश्लेशकको दाबी

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । बिहीबारको बैठकमा संबिधान संसोधन प्रस्ताब संसदमा दर्ता भएको छ । उक्त प्रश्ताबको बिरोधमा जाने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जनाएपनि उसको मौनतामा संबिधान संसोधन प्रस्ताव संसदमा दर्ता भएको हो । संबिधान संसोधन प्रस्ताब दर्ता पश्चात दलहरुबीच संसदमा छलफल शुरु भएको छ ।

कानुनमन्त्री अजयशंकर नायकले संबिधान संसोधन २०७३ माथी पबिचार गरियोस भनेपछि संबिधान संसोधन प्रकृया अगाडि बढेको हो । सरकारले संबिधान संसोधनमा ५ नम्मर प्रदेशलाई टुक्रयाउनेबुदामा गरिने संबिधान संसोधन एमालेलाई मान्य नहुने भनी प्रतिपक्षी दलका नेताहरुले पटक पटक भाषण गरेपति यसभन्दा अघि गरेको नाटक जस्तै जनताका आँखामा छारो हालेर एमालेले मौन समर्थन जनाएको छ ।

नेपाल मजदुर किसान पार्टीले भने संबिधान संसोधनका बिरुद्धमा आवाज उठाउने सहमती पार्टीभित्र निर्णय नै गरिसकेको छ । एक बिश्लेशकका अनुसार यस्तो कुरामा प्रतिपक्षी दल नेकपा एमाले नाटक गर्न सिपालु भएको र भारतको ईशारामा भएका कामलाई नेपालका कुनैपनि दलले रोक्न नसक्ने दाबी  छ।

  बिश्लेशकका अनुसार आज भएको संसदको निर्णयमा पनि एमाले पानीमाथीको ओभानो हुने प्रयास गर्दा नेपाली जनताले अन्यथा नठान्दा हुन्छ ।