राजनीति

निर्वाचन आयोगद्वारा स्थानीय चुनावको कार्यतालिका सार्वजनिक

काठमाण्डौ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेको दुई दिनपछि बुधबार आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । आयोगले कार्यतालिका वैशाख १६ गतेदेखि सुरु गरेको छ ।

आयोगले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार २०७४ साल वैशाख १६ गते उम्मेद्वारको मनोनयन दर्ता, वैशाख १७ गते उम्मेद्वारको विरोधमा उजुरी दिन सकिने, १७ गते मनोनयनपत्र जाँच गर्ने, १८ गते मनोनयन भएका उम्मेद्वारको नामावली प्रकाशित गर्ने, १८ गतेनै उम्मेद्वारले नाम फिर्ता लिने, १९ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशित गर्ने, १९ गते नै उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र वैशाख ३१ गते मतदान गर्ने कार्यतालिका रहेको छ ।