मनोरञ्जन

चर्चित लोकदोहोरी गायिका विष्णु माझीबारे यस्तो रहस्य खुलासा !

काठमाण्डौ । विष्णु माझी चर्चित लोक गायिका भएपनि उनको चरम शोषण भैरहेको खबर प्राप्त भएको छ । निकै वर्षअघिदेखि उनको बारेमा यस्ता खबर आइरहेपनि यो पटक भने सर्वसाधारणले समेत गायिका माझीको विषयमा प्रश्न उठाउन थालेका छन् । सामाजिक सञ्जाल फेसबुकमा गायिका माझीकै माइती गाउँका बादल घिमिरेले यो विषयमा चर्को आवाज उठाएका छन् ।

घिमिरे लेख्छन्, चर्चित लोकगायिका विष्णु माझी स्याङ्जा जिल्ला चापाकोट नगरपालिका (साविक रत्नपुर ) काली नदीको किनार खोरियाघाटमा जन्मेकी हुन् । जुन स्थान वरिपरि गायक कलाकार भगवान भण्डारी , बद्री पंगेनी , एकनारायण भण्डारी ,रूपक डोटेल , रामजी खाँण आदि जन्मिएको भूमि हो विष्णुले बाँकी जिन्दगी भूमिगत रूपमा बिताउन नपरोस् एक दशक अगाडी बुटवल महोत्सवबाट विष्णुको जादुयी स्वर सुनेर सुन्दरमणी अधिकारीले गायिका बनाउँछु भनेर विष्णुलाई काठमाण्डौँका लागि रात्रीबस चढाएका थिए ।

आज विष्णु यो देशकी महंगी र चर्चित गायिका त बनिन् तर सुन्दरमणीले चढाएको विष्णुको जिन्दगीको रात्रीबस कहाँ पुग्यो कसैलाई पत्तो छैन । लाग्छ विष्णु स्वयं अनभिज्ञ छन् विष्णुको स्वर नसुन्ने त यो देशमा बिरलै होलान् तर विष्णुको भूमिगत जिन्दगीको बारेमा कमैलाई थाहा होला देशकै चर्चित गायिका कुनै सञ्चार माध्यममा छाउँदिनन् न त देश विदेशको कन्सर्टमै देखा पर्छिन्, न उनीसंग आफ्नो घर छ न एउटा मोबाइल । आखिर विष्णुलाई यस्तो कस्ले बनायो ? उत्तर: सुन्दरमणी अधिकारीले । विष्णु गीत गाँउछिन् सुन्दरमणी पैसा बुझ्छन् । यस्तो बिजोग अवस्था छ, विष्णु माझीको । हेर्नुहोस भिडियो:

https://www.youtube.com/watch?v=uWyXVxkaj-c