अन्तर्राष्ट्रिय

तानाशाह हिटलरले प्रयोग गरेको टेलिफोन बिक्री

मेरिल्यान्ड । जर्मनीका पूर्व तानाशाह एडल्फ हिटलरले प्रयोग गरेको टेलिफोन सेट दुई लाख ४३ हजार डलरमा लिलाम भएको छ । उक्त टेलिफोन सेट हिटलरले दोस्रो विश्वयुद्धको बेला प्रयोग गरेका थिए ।

सेटको सुरुवाती मुल्य एक दाख डलर राखिएको थियो । हिटलरको नाम लेखिएको रातो रंगको उक्त फोन सन् १९४५ मा बर्लिनमा रहेको हिटलरको बंकरबाट फेला परेको थियो ।

मंगलबारको नागरिकमा लेखिएको छ, जर्मनीले सोभियत संघसँग आत्मसमर्पण गरेपछि सोभियत सैनिके उक्त फोन उपहारका रुपमा बेलायती सैनिक बिग्रेडियर राल्फ रेनरलाई दिएका थिए ।