राजनीति

सरकारले बैसाख ३१ गरे निर्बाचनको मिति घोषणा गर्यो, निर्बाचन हुनेमा अझै आसंका

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । सोमबार बसेको मन्त्रीपरिषदको साँझको बैठकले स्थानीय निकायको निर्बाचनको मिति घोषणा गरेको छ । उक्त बैठकले बैसाख ३१ गते स्थानीय निकायको निर्बाचन गर्ने घोषणा गरेको हो ।

बिहान बसेको बैठकले स्स्थानीय तहको संख्या बढाउने निर्णय गरेको थियो भने दिउसोको बैठकले १४ देशका लागि राजदुत सिफारिस गरेको थियो । सोमबार तीन पटक मन्त्रीपरिषद बैठक बसेकोमा साँझको बैठकबाट निर्बाचनको मिति घोषणा गरेको थिायो ।
मधेसी मोर्चाले स्थानीय तहको निर्बाचन मंसीरमा गर्ने प्रस्ताब अस्वीकार गरि सरकारले बैसाख ३१ गते स्थानीय तहको निर्बाचन गर्ने मिति तोकेको छ, जसका लागी अर्थमन्त्रालयलाई १० अर्ब २९ करोड ६३ लाख ७७५ रुपैयाँ बजेट निर्बाचन आयोगलाई निकासा दिन आदेश समेत दिएको छ ।

सूचना तथा संचारमन्त्री राम कार्कीले अब मुलुक निर्बाचनमय भएको टिप्पणी गरेका छन् । निर्बाचनको मिति तोकिने संकेत पाएपछि मोर्चाका नेता उपेन्द्र यादब दिल्ली प्रस्थान गरेका छन् । निर्बाचन घोषणा गरेपनि हुने नहुने भने अझै अन्यौल नै छ ।

दिल्लीको दह्रो साथ पाएका मधेसबादी दलहरुको समर्थनबिना बनेको सरकारले निर्बाचन गर्न सक्छ या सक्दैन यादब नेपाल फर्किएपछि परिणाम देखिने बिश्लेशकहरुको टिप्पणी छ ।

निर्बाचन घोषणाको परिणाम स्वरुप पेट्रोलपम्पहरुमा सवारी साधनका लाईन लाग्न थालेका छन् । भारतको सहयोगमा तराई आन्दोलन चर्काउने वा नाकाबन्दी गर्ने समेत सम्भाबना हुन सक्ने अनुमान लगाईएको छ ।