पु.समाचार

यस्तो छ महन्थ ठाकुर र सिके राउतबीचको आन्तारिक सम्बन्ध

काठमाडौं । स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा। सीके राउत जनकपुरधामबाट पछिल्लो समय पक्राउ परेपछि अहिले प्रहरी हिरासतमै बस्दै आएका छन् । अर्कातर्फ संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाले पनि राउतको रिहाइको माग गर्दै आएको छ । देश टुक्रयाउने माग राखेका कारण उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्राप्त तथ्यअनुसार पहिलो मधेस आन्दोलनका प्रथम शहीद रमेश महतोको सम्झना प्रत्येक बर्ष माघ ७ गते बलिदानी दिवस मनाइदै आएको छ । सोमबारको नेपाल समाचारपत्रमा लेखिएको छ, उक्त अवसरमा राउतले लाहानमा शक्ति प्रदर्शन गरेका थिए । राउतको कार्यक्रमस्थल नजिकै मधेसी मोर्चाले आयोजना गरेको सभा लगभग शुन्य थियो ।  संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्दै यादव सभा नै छाडेर हिडे ।
मधेसी मोर्चाका नेतामध्ये तराइ मधेस लोकतान्त्रीक पार्टीका अध्यक्ष महन्थ ठाकुर र राउतबीच घनिष्ठ सम्बन्ध रहेको स्रोतले बताएको छ । स्वतन्त्र मधेसको स्थापना गर्दा पनि ठाकुरसँग राउतले छलफल गरेका थिए ।

राउतले लेखेको ‘मधेसका इतिहास’ पुस्तक लेखनका क्रममा पनि ठाकुरले सहयोग गरेका थिए । स्रोतहरु भन्छन् ‘पछिल्लो समय पनि राउतले ठाकुरलाई निकै सम्मान गर्छन् । पक्राउ पर्नुअघि काठमाडौं आउँदा ठाकुरसँग उनले गोप्य रुपमा पटक पटक छलफल पनि गरेका थिए ।’

मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले राउतलाई निकै नजिकबाट नियाल्दै आएका छन् । कुनै बेला उनी राउतकै एजेण्डामा मधेस जान सक्ने आंकलन गर्छन् ।