राजनीति

बिप्लब माओबादीको महाधिवेशनमा जनसेनाको सहभागिता, प्रतिनिधि बिबादले बबम्डर

maoist-janasena

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । बिप्लब माओबादीको आठौं महाधिवेशनमा जनसेनाको सहभागिता भएको समाचार प्राप्त भएको छ । माओबादी जनयुद्धको उद्गम थलो समेत मानिने रोल्पाको थवाङमा जारी उक्त महाधिवेशनमा जनसेनाका कमाण्डर सदस्यहरु कम्ब्याक्ट ड्रेसमा नै महाधिवेसन प्रतिनिधिका रुपमा सहभागी भएपछि बिप्लबले सेना निर्मांण गरि युद्धको तयारी गरेका हुन् कि भन्ने आशंका उत्पन्न भएको छ ।

संचारमाद्यमलाई प्रबेश निशेध गरिएको महाधिवेसनमा क्यामेरा, मोवाईल लगायतका अडियो, भिडियो र कुनैपनि प्रकारका फोटो खिच्ने सामग्री प्रबेशमा सख्त रोक लगाएपनि सुर्यखबरलाई गोप्य रुपमा प्राप्त फोटोमा महाधिवेसन प्रतिनिधि कार्ड भिरेर अधिवेसनमा सहभागी जनसेना शैन्य पोसाकमा नै उपस्थीत देखिन्छन् ।

स्रोतका अनुसार महाधिवेसनमा सहभागी एक हजार प्रतिनिधि मध्ये दुई सय प्रतिनिधि जनसेनाका कमाण्डर र सदस्यहरु रहेको बुझिएको छ ।
रोल्पामा जारी महाधिवेसनमा २० वटा समूह बनाएर दस्तावेजमाथी छलफल भएको छ । त्यसमध्ये ५ वटा समूह जनमुक्ती सेनाको रहेको बुझिएको छ । कुन कुन समूहले दस्ताबेजमाथी आफ्ना धारणा राखे भन्ने कुरा गोप्य राखिएको छ । जनसेना सहभागी भएको समाचार बाहिर नजाओस भन्ने हेतुले कुन जिल्ला र क्षेत्रका समूहले आफ्ना धारणा राखे भन्ने कुरा बाहिर ल्याईएको छैन ।

नाम नभन्ने सर्तमा महाधिवेशनमा सहभागी एक प्रतिनिधिले महाधिवेसनको प्रतिनिधि सहभागिताको सवालमा नाताबाद र कृपाबाद हावी भएकोमा ब्यापक बिबाद भएको बतटाएका छन् । उक्त बिबादले महाधिवेसनमा बबण्डर भएको समेत बुझिएको छ । सुर्यखबरले यस सम्बन्धमा बिस्तृत समाचार  अपडेट् गरिरहनेछ ।