राजनीति

सहमतिबिना निर्बाचन घोषणा गरे मुलुक बिखण्डनतिर जान्छ– डा. कोईराला

dr.shekhar-koirala

सुर्यखबर सम्बाददाता,
नवलपरासी । नेपाली काँग्रेसका प्रभाबशाली केन्द्रीय सदस्य डा. शेखर कोईरालाले सहमतीबिना निर्बाचन असम्भब भएको हुँदा सरकारले अधिकतम् सहमतिका लागि प्रयास गर्नुपर्ने बिचार ब्यक्त गरेका छन् ।

प्रजातन्त्र दिबशका उपलक्षमा गरिएको कार्यक्रममा बोल्दै डा. कोईरालाले मूख्यगरी चार राजनैतिक शक्तिहरू (काँग्रेस, एमाले, माओबादी केन्द्र र मधेसी मोर्चाका बिचमा सहमति नभई निर्वाचनको मिति घोषणा गर्न नहुने बताएका छन् ।

। तोकिएको मितिमा निर्वाचन हुन नसके मूलूक बिखण्डनमा जाने खतरा रहेको बताउहूँदै ने ता कोईरालाले ले एमाले र मधेसी मोर्चाले पनि आफ्नो हठ त्याग्नुपर्ने बिचार ब्यक्त गरेका छन् ।
नेपाली काँग्रेस नवलपरासी क्षेत्र नं –१ ले ६७ औं प्रजातन्त्र दिवसको अवसरमा गैंडाकोटमा आयोजना गरेको नेपाली काँग्रेस र प्रजातन्त्र बिषयक कार्यक्रमलाई संबोधन गर्ने कार्यक्रममा धर्म र राजनीति एउटै बाटोबाट हिंड्न नसक्ने खुलस्त पारेका छन्। धर्म र राजनीतिलाई सँगै हिंडाउँन खोजिए त्यो मुलुककै निम्ति दुर्भाग्य हुने प्रस्ट पारेका छन्।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरू आनन्दप्रसाद ढूंगाना, देवेन्द्रराज कँडेल, पूर्व केन्द्रीय सदस्य क्रृष्णचन्द्र नेपाली, नवलपरासी काँग्रेसका सभापति बिष्णू लामिछाने, पूर्व सांसद महेन्द्रध्वज जिसी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।