काठमाण्डौ । बिहीबारदेखि निर्वाचन आयोगले पूर्णता पाएको छ । राष्ट्रपति विद्या भण्डारीले तीन निर्वाचन आयुक्त नियुक्त गरेलगत्तै आयोगले पूर्णता पाएको हो । संवैधानिक परिषदको सिफारिसमा संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरलगत्तै राष्ट्रपति भण्डारीले इश्वरी पौडेल, नरेन्द्र दाहाल र सुधिरकुमार शाहलाई निर्वाचन आयुक्त पदमा नियुक्त गरेकी छन् ।
नवनियुक्त आयुक्तहरुले राष्ट्रपति भण्डारीसमक्ष सपथ लिँदै समयै निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकारले आगामी २०७४ माघ ७ गतेभित्र स्थानीय, संघीय प्रदेश र केन्द्रको निर्वाचन गर्ने तयारी गरिरहेको छ ।