राजनीति

स्ववियू निर्बाचन ५ दिन सर्यो, ताला खोल्ने सहमति

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । फाल्गुण १४ गते हुने भनिएको स्वतन्त्र बिद्यार्थी यूनियनको निर्बाचन ५ दिन सार्ने सहमति भएको छ । क्रान्तिकारीले लगाएको तालाका काराण निर्बाचनमा समस्या आएपछि बिहीबर बसेको नेबिसंघ, अखिल, अखिल क्रान्तिकारीबीचमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा नेबिसंघका अध्यक्ष नैनसिँह महर, अखिलका अध्यक्ष नबिना लामा, क्रान्तिकारीका नरेन्द्र न्यौपाने, बिप्लब समूहका बिद्यार्थी नेता सुरेन्द्र बस्नेत लगायत रहेको बताईएको छ ।

स्वबीयू निर्बाचनको टुंगो लगाएपश्चात बिभिन्न माग राख्दै क्याम्पसहरुमा तालाबन्दी गरिएको थिायो । तालाबन्दीका कारण आजदेखि बनाइएको त्रिबिको निर्बाचन कार्यतालीका प्रभाबित भएको छ ।