राजनीति

आईजिपीमा सपथभन्दा अगाडी नै तीब्र बिबाद, नवराज सिलवाल सर्बोच्चमा !

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । आईतबार बिहानमात्र सरकारले आईजिपीमा नियुक्त गरेका जयबहादुर चन्दलाई सर्बोच्च अदालतले तत्कालका लागि सपथ नख्वाउन आदेश दिएको छ । आईजिपीका लागि डिआईजिपी जयबहादुर चन्द र नवराज शिलवालबीच बिबाद भएपछि सिनियपिरटिका आधारमा गर्नुपर्ने भन्दै सर्बोच्च अदालतमा निबेदन परेको थियो ।

उक्त निबेदनउपर सर्बोच्चले तत्कालका लागि निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।  एकातिर सर्बोच्च अदालतको आदेश छ, अर्कोतिर नवराज शिलवाल पनि सर्बोच्च अदालतमा आफू सिनियर भएकोले आईजिपी बन्न पाउ भन्दै सर्बोच्च अदालतमा निबेदन दिन गएका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको दबाबमा उप-प्रधानमन्त्री एबम् गृहमन्त्री बिमलेन्द्र निधीको प्रस्ताबमा नियुक्त भएका आईजिपी जयबहादुर चन्दको सपथ हुनु भन्दा अगाडि नै बिबाद भएको छ । बिबाद भएपछि प्रहरी अस्पतालका प्रमुख समेत रहेका डिआईजिपी डा.दिनेशचन्द्र पोख्रेललाई निबर्तमान आईजिपी उपेन्द्रकान्त अर्यालले कार्यबाहक दिएर आफू बाहिरिन लागेको बताईएको छ ।

शसस्त्रमा भने सिंहबहादुर श्रेष्ठलाई नियुक्ती गरेको बिरुद्धमा कतै निबेदन परेको छैन ।