खेलकुद

फिफामा राजदूत बन्दै म्याराडोना

जुरिच । डिएगो म्याराडोनाले फिफामा दूतको भूमिका पाउने भएका छन् । फिफाले अर्जेन्टिनी महान् खेलाडीलाई संसारभर फुटबल खेलको प्रवद्र्धनमा उतार्न चाहेको छ । ५६ बर्षीय म्याराडोना विकास परियोजनाहरुमा संलग्न हुनेछन् ।

शनिबारको कान्तिपुरमा लेखिएको छ, म्याराडोनाले आफ्नो नयाँ भूमिकाको घोषणा गर्दै फिफा अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्व र सफा र पारदर्शी भएको टिप्पणी गरेका छन् ।

गत महिना म्याराडोनाले फिफा मूख्यालयमा फुटबलसमेत खेलेका थिए । सन् २००९ मा फिफाबाट अनुशासन कारबाहीमा तानिएयता उनको यो पहिलो फिफा भ्रमण थियो ।