अन्तर्राष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने प्रस्ताब अमेरिकाको संसदबाट यसरी पास हुन्छ

white-house

सुर्यखबर सम्बाददाता,

काठमाण्डौ । डिभी चिठ्ठामार्फत अमेरिका प्रस्थान गर्ने बिदेशीहरुलाई कटौती गर्न अमेरिकाको सांसदमा प्रस्ताब दर्ता भएको छ । नबनिर्बिाचित अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्राबासी नीति बमोजिम दर्ता भएको उक्त बिधेयकमा रिपब्लिकन पाटस्का तर्फबाट दर्ता भएको हो ।

यो प्रस्ताब पास भएमा नेपालबाट बर्षेनि अमेरिका जाने ५० हजार नेपालीहरुलाई प्रत्यक्ष असर पर्ने छ । ह्वाईटहाउसका प्रवक्ताका अनुसार अमेरिका आएर बिदेशीले ग्रीनकार्ड लिन्छ, उसले आफुले ग्रीनकार्ड लिन्छ, त्यसपछि आफ्ना परिवारलाई लिएर अमेरिका ल्याउछ, त्यसले अमेरिकाको श्रममा समस्या श्रृजना गर्दछ,भनेका छन् ।

यो प्रस्ताबबाट आफ्ना दाजुभाईलाई फेमिली फेमिली भिजामा आउने बिदेशीलाई समेत असर पर्ने देखिन्छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना अनुसार दर्ता भएके प्रस्ताब बहुमतबाट पास हुने अनुमान लगाईएको छ । यदि उक्त प्रस्ताब संसदको बहुमतबाट पास नभए राष्ट्रपति ट्रम्पले पास गराउने बताईएको छ ।