प्रवास

मेहेनती नेपाली भुवन अस्ट्रेलियाको संसदीय निर्वाचनमा भीड्दै

भुवन खड्का

जानकी क्षेत्री 

काठमाडौ । पश्चिम अस्ट्रेलियामा आगामी मार्च ११ तारीकमा हुन लागेको संसदिय निर्वाचनका लागि एक नेपाली युवाले उमेदवारी दिएका छन् । सन् २००८ मा विद्यार्थी भिषामा अस्ट्रेलिया पुगेका भुवन खड्काले अस्ट्रेलियाको प्रमुख पार्टी ग्रिनका तर्फबाट उमेदवारी दिएका हुन् । उनी अस्ट्रेलियाको संसदीय निर्वाचनमा उमेदवारी दिने पहिलो नेपाली बनेका छन् ।

संसदीय निर्वाचनमा उमेदवारी दिएका खड्काले नेपालमा जन्मेर पनि त्यहाँ उमेदवारी दिन पाउनु सम्पूर्ण नेपालीका लागि गर्व गर्ने विषय भएको संचारमाद्यमलाई बताएका छन् ।

अस्ट्रेलियाको ग्रिन पार्टिले मुख्य रुपमा वातावरण सम्बन्धि विषयमा, तथा कर्मचारीको हकहित र सेवासुविधा र स्वास्थ्यमा विषयमा आवाज उठाउँदै आएको छ । खड्काले यो पार्टीको सदस्यता सन् २०१३ मा लिइ प्रवास राजनीतिको सुरुवात गरेका थिए ।

उमेद्वार खड्काले आफ्नो जीत जनताले विश्वास गरेर दिने भोटमा भर पर्ने बताउँदै, आफुले संसदीय निर्वाचन जितेको खण्डमा आफूले पाउने तलबबाट वार्षिक २० हजार डलर नेपाली समुदायलाई सहयोग गर्ने पनि बताएका छन् ।

पश्चिम अस्ट्रेलियाको बेलमेन्ट क्षेत्रमा आफ्नो उमेद्वारी दिएका खड्काले नेपाल र अस्ट्रेलियाको सम्बन्ध सुधार गर्नका साथै नेपाली पर्यटन पर्वद्धनमा लागि पर्ने धोषणा पत्र मार्फत प्रतिबद्धता जनाएका छन् ।
यो भन्दा अगाडी स्थानीय काउन्सीलको निर्वाचनमा मेलवर्नमा बस्ने २ नेपालीले आफ्नो उमेदवारी दिएका थिए तर सफलता भने हात पार्न सकेका थिएनन् ।

अबको १ महिनामा हुन लागेको संसदिय चुनावमा भाग लिएका यी नेपालीले सफलता हात पर्ने कुरा त्यहाँका जनताको हातमा छ । नेपालबाट अष्ट्रेलीया आई संसद सम्म लड्न आँट गर्नु भुवनको साहसी पन भएको नेपालीहरुको आंकलन छ ।